काठमाडौं । सन् २०२२ को इन्डियन प्रिमियर लिग (आइपिएल)का टिमहरुले ठूला खेलाडीहरुलाई राख्ने निर्णय गरेका छन् ।
महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नारिने, आन्द्रे रसल, ग्लेन म्याक्सवेलजस्ता खेलाडीहरुलाई उनीहरुको पुरानै टिमले राख्ने निर्णय गरेका छन् ।
चेन्नई सुपर किंग्सले रविन्द्र जडेजा, धोनी, रुतुराज गायकवाड र मोइन अलीलाई टिममै राख्ने भएको छ ।
त्यसैगरी, कोलकाता नाइट राइडर्सले नारिने, रसल, वरुण चक्रवर्ती र भेनकटेस ऐयरलाई पुन राख्ने निर्णय गरेको छ ।
सनराजर्स हैदराबादले केन विलियम्सन, मुम्बई इन्डियन्सले रोहित शर्मा र जसप्रित बुमराह, रोयाल च्यालेन्जर्स बैंगलोरले विराट कोहली र ग्लेन म्याक्सवेललाई रिटेन गर्ने भएका छन् ।
दिल्ली क्यापिटल्सले रिशभ पन्त, पृथ्वी शा, अक्सर पटेल र एन्रीच नोर्जे तथा राजस्थान रोयल्सले सन्जु सामसनलाई पुन टोलीमा राख्ने भएका छन् ।
नयाँ सिजनको आइपिएलमा १० टिम सहभागि हुनेछन् र एउटा टिमले अक्सनमा ९० करोड भारतीय रुपैया खर्च गर्न पाउनेछ ।
एउटा टिमले चार खेलाडीलाई रिटेन गर्न पाउछन् । चार खेलाडी रिटेन गरे वापत ४२ करोड भारतीय रुपैया घटाइनेछ ।