काठमाडौं । भारत र न्यूजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।
भारत र न्यूजिल्यान्डले दुई टेस्टको सिरिज खेल्दैछ ।
कानपुरमा भएको खेलको अन्तिम दिन घरेलु टिम भारतले अन्तिम एक विकेट आउट गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
न्यूजिल्यान्डले जितका लागि पाएको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाएर केवल १ सय ६५ रन बनाएको थियो ।
दोस्रो इनिङ्समा न्यूजिल्यान्डका टम लाथमले सर्वाधिक ५२ रन तथा विलियम समरभिलले ३६ रन बनाए ।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ४ विकेट हात पार्दा रविचन्द्रन आश्विनले तीन विकटे लिए ।
अक्सर पटेल तथा उमेश यादवले एक–एक विकेट हात पारे ।
यस अघि पहिले ब्याटिङ गर्दै भारतले पहिलो इनिङ्समा श्रेयश ऐयरको १ सय ५ रनको मदतमा ३ सय ४५ रन जोडेको थियो ।
न्यूजिल्यान्डका टिम साउथीले सर्वाधिक ५ विकेट हात पारेका थिए ।
जवाफमा न्यूजिल्यान्डले पहिलो इनिङ्समा २ सय ९६ रन जोडेको थियो ।
न्यूजिल्यान्डका लागि टम लाथमले सर्वाधिक ९५ तथा विल योङगले ८९ रनको योगदान गरेका थिए ।
भारतका अक्सर पटेलले ५ विकेट लिएका थिए ।
भारतले दोस्रो इनिङ्स ७ विकेट गुमाएर २ सय ३४ रन जोड्दै समाप्तीको घोषणा गरेको थियो ।
उसका लागि श्रेयश ऐयरले सर्वाधिक ६५ रनको योगदान गरेका थिए ।
न्यूजिल्यान्डका टिम साउथी र कायल जेमिसनले समान तीन–तीन विकेट हात पारेका थिए ।