काठमाडौं । जिम्बावेमा विश्वकप छनोट खेलेका श्रीलंकाका ६ महिला क्रिकेट खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।
दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएपछि आईसीसीले छनोट सनिबारदेखि नै स्थगित गरेको थियो ।
श्रीलंकाको क्रिकेट बोर्डले आफ्ना ६ खेलाडीमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
तर उनीहरुमा नयाँ ओमिक्रोन भेरियन्ट भएको वा नभएको भने पुष्टि भएको छैन ।
वेस्ट इन्डिज र श्रीलंकाबीचको खेल चलिरहदा सनिबार नै श्रीलंका टिमका एक कर्मचारीमा कोरोना देखिएपछि आईसीसीले छनोट स्थगित गरेको थियो ।
श्रीलंकाको टोली अझै जिम्बावेमा रहेको छ र पोजेटिभ देखिएका खेलाडीहरुमा नेगेटिभ नदेखिएसम्म जिम्बावेमै बस्ने बताइएको छ ।
कोरोना नभएका खेलाडीहरु श्रीलंका फर्किन सक्ने छन तर उनीहरुलाई क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
छनोट स्थगित भएपछि आईसीसीका अनुसार बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिज आगामी वर्ष न्यूजिल्यान्डमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।