एजेन्सी । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्सले सबै खाले क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने भएका छन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ ।
स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेको बोर्डले जनाएको छ ।
क्रिकेटबाट विश्राम लिने निर्णयसँगै स्टोक्सले भारतविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।
इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट अगस्ट ४ मा सुरु हुनेछ ।
भारतबिरुद्धको सुरुवाती दुई टेस्ट सिरिजका लागि इंग्ल्यान्डले टिमको घोषणा गरिसकेको थियो । स्टोक्स टिममा रहेका थिए ।
अब स्टोक्सको स्थानमा क्रेग ओभरटनले इंग्ल्यान्डको टिमबाट खेल्ने छन् ।