• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्रशिक्षकलाई चकित पार्ने प्रदर्शन !
दिपेश तिमल्सिना
आइतबार, वैशाख १२, २०७८ दिपेश तिमल्सिना
प्रशिक्षकलाई चकित पार्ने प्रदर्शन !

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन निकै उच्च रह्यो ।

सिरिजमा नेपाली टोलीको प्रदर्शन उच्च रहनेमा कसैले पनि आँकलन गरेका थिएनन् । प्रशिक्षक, खेलाडी र समर्थकले कसैले पनि नेपालको यस प्रदर्शनका लागि आँकलन गरेका थिएनन् ।

तर, नेपालको प्रदर्शन देखेर मुख्य प्रशिक्षक डेभ वाटमोर नै चकित बनेका छन् । सिरिजको फाइनल खेलपछि प्रशिक्षक वाटमोरले आफ्ना खेलाडीको प्रदर्शन देखेर चकित भएको बताएका थिए ।

टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले अहिलेसम्म नगरेको प्रदर्शन गरेपछि प्रशिक्षक वाटमोर चकित हुनु स्वभाविक पनि हो ।

बलिङमा अब्बल देखिने नेपाल पहिलो पटक ब्याटिङमा पनि अब्बल देखिएको थियो । कमजोर राष्ट्रसँग विशाल स्कोर बनाउने नेपालले एसोसियट राष्ट्रमा उत्कृष्ट मध्येको एक राष्ट्र नदेरल्यान्ड्सविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्यो ।

May be an image of 3 people, people standing, outdoors and text

टियू मैदानमा सम्पन्न सिरिज भरीका पाँच खेल खेल्दा पाँचवटै खेलमा नेपालको ब्याटिङ अहिलेसमकै उत्कृष्ट अब्बल सावित भयो । सय देखि १ सय ५० रन बनाउँन धर्मराउने नेपाली ब्याटिङले यस सिरिजमा भने ठुलो लक्ष्य समेत सहजै पूरा गर्यो ।

सिरिजका सुरुवाती दुई खेलमा सामन्य लक्ष्य पाएको नेपालको ओपनिङ जोडीले उत्कृष्ट साझेदारी गरेपछि ९ विकेटले विजयी भएको नेपालले त्यसपछिका खेलमा पहिले ब्याटिङ गर्ने निर्णय गर्यो ।

सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले २ सय ६ रन जोडेको थियो । त्यतिबेलासम्म टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो सर्वाधिक दोस्रो उच्च स्कोर थियो । यस खेलमा नेपाल नेदरल्यान्ड्सँग ३ विकेटले पराजित भएपनि नेपालले दोस्रो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा दुई सयको आँकडा पूरा गरेको थियो ।

May be an image of one or more people, people playing sports and text

चौथो खेलमा पुनः पहिले ब्याटिङ थालेको नेपालले मलेसियाविरुद्ध २ सय १७ रन जोड्यो । नेपालले तेस्रो पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा दुई सय रनको आँकडा पार गर्यो । लगातार नेपाली टोलीले दुई सय रनको आँकडा पुरा गरेपछि कप्तान ज्ञानेन्द्र मल्लले पनि नेपाली टोलीको ब्याटिङमा सुधार आएको बताएका थिए । उनले ओपनिङ जोडी चल्नु र युवा खेलाडीको आत्मविश्वासले विशाल स्कोरमा सहज भएको बताएका थिए ।

सिरिजको फाइनल खेलमा नेपालले नेरदल्यान्ड्सलाई आफ्नो टी–ट्वान्टी क्रिकेट इतिहाँसकै उच्च स्कोरको लक्ष्य सुम्प्यो । नेपालले नेरदल्यान्ड्सलाई २ सय ३८ रनको कीर्तिमानी लक्ष्य सुम्पेको थियो । सोही फाइनलमा खेलमा नेपालले नेरदल्यान्ड्सलाई १ सय ४२ रनको अहिलेसम्मकै कीर्तिमानी फराकिलो हार चखायो । नेपाली खेलाडीको लगातारको उच्च प्रदर्शन देखेर प्रशिक्षक वाटमोरले युवा खेलाडीको प्रदर्शन देखेर चकित भएको बताएका थिए ।

‘युवा खेलाडी सहित सबै खेलाडीले एकदम राम्रो खेले । युवा खेलाडीलाई जुन विश्वास गरेको थिए, त्यो उनीहरुले पनि आफुलाई प्रमाणित गरेका छन्,’ प्रशिक्षक वाटमोरले भने, ‘अब उनीहरू ठूलो खेलको लागि पनि तयार छन् ।’

सिरिजले दिएको ओपनिङ जोडी -

नेरदल्यान्ड्सविरुद्धको पहिलो खेला नेपालका ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ जोडीको रुपमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरे । डेब्युसँगै दुबैले उत्कृष्ट सुरुवात मात्र गरेनन् । फ्लप नेपाली ओपनिङमा जम्न सक्ने संकेत समेत दिए । पहिलो खेलमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गर्दै दुईले आफूहरु नेपाली टोलीको ओपनिङ जोडीको रुपमा लामो समयसम टिक्न सक्ने संकेत दिएका छन् ।

हुन त अहिले नै यो जोडी प्रति यतिधेरै महत्वाकांक्षा लिन हतारो हुन सक्छ । तर, यी दुईको यस सिरिजमा देखाएको साझदारीले केही हदसम्म भने नेपाललाई सुहाउने ओपनिङ जोडीको रुपमा आफुलाई उभ्याएका छन् ।

तर, कुशल र आसिफले अझै आफुलाई प्रमाणित गर्नु पर्नेछ । उनीहरुले आफूलाई प्रमाणित गर्न अझै धेरै यस्ता प्रतियोगितामा आफ्नो यहि उत्कृष्ट प्रदर्शन दोहोर्राउनु पर्नेछ ।

यसअघि नेपालको अपनिङ जोडी नचल्दा नेपालले खासै स्कोर जोड्न सकेको थिएन् । २०७४ मा भएको आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा नेपालले ओपनिङ जोडी नचल्दा ११ औं पटक परिवर्तन गरेको थियो । नेपालले हार बेहोर्नुको एउटै कारण नै ओपनिङ देखिनै ब्याट्सम्यान नचल्नु हो ।

डब्लुसिएलमा नेपालले ओपनिङ जोडीको रुपमा ज्ञानेन्द्र मल्ल र सागर पुन, ज्ञानेन्द्र मल्ल र सुनील धमला, अनिल मण्डल र ज्ञानेन्द्र मल्ल, ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर, अनिल मण्डल र सुवास खकुरेल तथा महेश क्षेत्री र अनिल मण्डल लगायतलाई परिक्षण गरेको थियो । तर, यि कुनै पनि जोडीले ४४ रनभन्दा माथीको साझेदारी गर्न सकेका थिएनन् ।

टियूमा सम्पन्न टी–ट्वान्टी सिरिजमा कुशल र आसिफले पहिलो खेलमा १ सय १६ रनको साझदारी गर्दा, दोस्रो खेलमा १ सय २, तेस्रो खेलमा २०, चौथो खेलमा ३३ र पाँचौ खेलमा ३० रनको साझेदारी गरेको थियो ।

May be an image of 1 person, playing a sport, standing and text

कीर्तिमान नै कीर्तिमान -

त्रिकोणात्मक सिरिजमा नेपालको उच्च प्रदर्शनसँगै धेरै कीर्तिमान बने । केही विश्व कीर्तिमान बने भने केही राष्ट्रिय कीर्तिमान बने । नेरदल्यान्ड्सविरुद्धको पहिलो खेला नेपालका ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ जोडीको रुपमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरे ।

दुबैले डेब्यु खेलमा नै ओपनिङ जोडीको रुपमा अर्धशतक बनाउने कीर्तिमान बनाए । कुशलले ६२ रनको अर्धशतकी इनिङ्स खेल्दा आसिफ भने ५४ रनमा अविजित रहेका थिए । ओपनिङ जोडी कुशल र आसिफले डेब्यु खेलमा नेपालको पहिलो विकेटका लागि सर्वाधिक १ सय १६ रनको साझादेरी गरेका थिए । नेपालले पहिलो विकेटका लागि गरेको यो नै सर्वाधिक उच्च स्कोर हो । यहि जोडीले मलेसियाविरुद्धको खेदमा पनि पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरेको थियो ।

मलेसियाविरुद्ध दोस्रो खेलमा समेत अर्धशतक बनाएका कुशलले नेदरल्यान्ड्ससँगको तेस्रो खेलमा पनि अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाए । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्युसँगै लगातार तीन अर्धशतकीय बनाउने विश्वकै पहिलो खेलाडीको कीर्तिमान बनाए । उनले सिरिजमा पाँच खेलमा चार अर्धशतक जोडेका थिए ।

कुशल सिरिजमा मलेसियासँगको आफ्नो चौथो खेलमा भने १६ रनमा पेभिलियन फर्किएका थिए ।

May be an image of 2 people, people standing and text

नेपाली टोलीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक २ सय ३८ रनको राष्ट्रिय कीर्तिमान बनाउँदा १ सय ४२ रनको पराजित जितेको पनि राष्ट्रिय कीर्तिमान बनायो । नेपालले एक सिरिजमा सर्वाधिक छक्का समेत प्रहार गरेको छ । नेपालली त्रिकोणात्मक सिरिजमा ६१ छक्का प्रहार गरेको थियो ।

त्यस्तै सिरिजमा बलरतर्फ पनि टी–ट्वान्टी अन्तराष्ट्रियको एकै सिरिजमा सर्वाधिक विकेट लिने खेलाडीको राष्ट्रिय कीर्तिमान समेत बनेको छ । टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले एकै सिरिजमा सर्वाधिक १३ विकेट लिएका छन् । उनले सिरिजमा पाँच खेल खेल्दा १३ विकेट लिए । उनले ८.२१ को इकोनोमीमा १९.५ ओभरमा १३ विकेट लिए ।

यसअघि यो राष्ट्रिय कीर्तिमान तीव्र गतिका बलर करण केसीको नाममा थियो । उनले ओमानमा भएको पेन्टागुलर टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजका ४ खेलबाट ११ विकेट लिएका थिए । उनले १५.२ ओभर बलिङ गर्दै ७.६९ को इकोनोमीमा ११ विकेट लिएका थिए । एकै सिरिजमा सर्वाधिक विकेट लिनेको तेस्रो स्थानतमा पनि सन्दीप लामिछाने नै छन् । उनले पेन्टागुलर टी–ट्वान्टी अन्तराष्ट्रिय र आईसीसी विश्वकप टी–ट्वान्टी एसिया रिजन फाइनलमा पनि सामान ७–७ विकेट लिएका थिए ।

विश्व कीर्तिमानबाट चुके करण -

यसै सिरिजमा तीव्र गतिका बलर करण केसी विश्व कीर्तिमान बनाउनबाट चुके । उनी भारतीय क्रिकेटर युवराज सिंहले बनाएको सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबरी गर्नबाट चुकेका थिए । युवराज सिंहले १२ बलमा अर्धशतक पुरा रगेका थिए ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा मलेसियाविरुद्ध आक्रमक ब्याटिङ प्रस्तुत गरेका करणले ११ बलमा ४४ रन जोडेका थिए । उनलाई अर्धशतक बनाउन एक छक्काको आवश्यक थियो । तर, उनी कीर्तिमान नजिक पुगरे कीर्तिमान बनाउनबाट चुके ।

May be an image of 1 person, standing and text that says 'prayag NEPAL पाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com prayag खेलपाटी परेलपाटीkhelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.'

१९ औं ओभरको पहिलो बल कुशलले सामना गर्दै एक रन जोडेर क्रिज करणलाई लिए । करणले दोस्रो बलमा छक्का प्रहार गर्दै ११ बलमा ४४ रन जोडे । अब उनलाई युवराज सिंहसँगको फाटेस्ट अर्धशतकको कीर्तिमानका लागि एक बलमा छ रन आवश्य थियो । उनी क्रिजमा रहेकाले उनीसँग त्यो अवसर समेत थियो । तर, उनी मुहम्मद वाफिकले गरेको १९ औं ओभरको तेस्रो बलमा एक रन लिग पुगे र कीर्तिमान बनाउनबाट चुके ।

त्यसपछि उनी २० औं ओभरमा पेभिलियन फर्किन पुगे । २० औं ओभरको पहिलो बल वाइड भएपछि साद अजिजले पुनः फालेको बलमा करण क्याच आउट हुँदै १३ बलमा ७ छक्का सहित ४५ रन जोडेर पेभिलियन फर्किए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP