• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेदरल्यान्ड्स - नेपालको प्रिय प्रतिद्वन्दी
विश्वास थापा
बिहीबार, वैशाख २, २०७८ विश्वास थापा
नेदरल्यान्ड्स - नेपालको प्रिय प्रतिद्वन्दी
फोटो - क्रिकइन्फो

काठमाडौं । एसोसिएट राष्ट्र मध्यको बलियो टोली हो, नेदरल्यान्ड्स । अन्तरष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी-ट्वान्टी वरीयतामा एसोसिएट राष्ट्र पाँचौं स्थानमा रहेपनि नेदरल्यान्ड्स टेष्ट राष्ट्रलाई समेत मात दिन सक्ने टिम हो ।

मलेसिया भने ‘अण्डर डग’ टोली हो ।

आईसीसीको वरीयतामा मलेसिया ३१ औं स्थानमा छ । कमजोर टोली मानिने मलेसियाले नेपाललाई पराजित गरिसकेको छ । उसले एसोसिएट राष्ट्रको एक उत्कृष्ट टोली हङकङलाई लगातार ६ पटक पराजित गरिसकेको छ ।

नेदरल्यान्ड्स र मलेसियाले आउने शनिबारबाट घरेलु टोली नेपालसँग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दै छन् । दुवै टोली सिरिजका लागि नेपाल आईसकेका छन् । उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् ।

नेदरल्यान्ड्सले हाल विश्व वरीयताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई दुई पटक पराजित गरिसकेको छ । उसले इंग्ल्यान्डलाई सन् सन् २००९ र २०१४ को टी–ट्वान्टी विश्वकपमा क्रमश ४ विकेट र ४५ रनले पराजित गरेको थियो । नेदरल्यान्ड्सले टेष्ट राष्ट्र इंग्ल्यान्ड बाहेक बंगलादेश, न्युजिल्यान्ड, जिम्बाबे, अफगानिस्तान र आयरल्याण्डलाई चक्मा दिईसकेको छ ।

नेदरल्यान्ड्सले हालसम्म तीन पटक टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाईसकेको छ । तीन पटक टी–ट्वान्टी विश्वकपमा उसले १२ खेल खेल्दै ५ खेलमा जित हात पारिसकेको छ । यस्तै, कोरोना माहामारीको कारण प्रभावित भएको सन् २०२० को टी–ट्वान्टी विश्वकपमा समेत छनोट भइसकेको थियो ।

Historic day for Nepal cricket: Rhinos beat Dutch in close encounter –  OnlineKhabar English News

वरीयता हेर्ने हो भने नेदरल्यान्ड्स भन्दा नेपाल दुई स्थान अघि छ । नेपाल आईसीसी टी–ट्वान्टी वरियतामा १५ औं स्थानमा छ भने नेदरल्यान्ड्स १७ औं स्थानमा छ ।
एसोसिएटतर्फ नेपाल तेस्रो तथा नेदरल्यान्ड्स पाँचौं स्थानमा छ ।

एसोसिएट राष्ट्रलाई खेलमा वरीयताले खासै फरक पार्दैन । एसोसिएट टिमले मैदानमा देखाउने खेल नै उसको स्तर नाप्ने यन्त्र हुन्छ । एसोसिएट राष्ट्रले औसत खेलनै कम खेल्ने भएकाले वरीयताको महत्व कम हुन्छ ।

नेपालले आयोजना गर्न लागेको टी–ट्वान्टी अन्तराष्ट्रिय त्रिकोणात्मक सिरिज घरेलु भुमिमा पहिलो पटक हुन लागेका हो । यसअघि नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेपनि सो प्रतियोगितामा श्रीलंका र बंगलादेशको यू–२३ टोली सम्मिलित थिए ।

नेपालले सन् २०१४ मा पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको थियो । त्यस मान्यता नेपालले लामो समय जोगाउन सकेन । त्यस अवधिभर नेपालले दुई टी-ट्वान्टी अन्तरष्ट्रिय सिरिज खेलेपनि घरेलु भुमिमा अन्तराष्ट्रिय सिरिज आयोजना गर्न सकेन । सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको मान्यता पायो । एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाउदा सो राष्ट्रले स्वत टी-ट्वान्टी मान्यता समेत पाउँछ ।

हाल आईसीसीले सबै राष्ट्रलाई टी-ट्वान्टी अन्तराष्ट्रियको मान्यता दिएको छ ।

नेपाल र नेदरल्यान्ड्सको हेड टु हेड

नेपालको लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले सर्वाधिक टी-ट्वान्टी नेदरल्यान्ड्सविरुद्ध खेलेको छ । सिरिजमा दुवै टोली उपाधि दाबेदार हुन् । एसोसिएट राष्ट्रको एक बलियो टोली नेदरल्यान्ड्सलाई घरेलु भूमिमा हराउनु नेपाललाई ठुलो चुनौती छ । यस्तै नेदरल्यान्ड्सलाई समेत नेपाली समर्थकसामु खेल्न सहज हुने छैन ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ८ टी-ट्वान्टी खेल खेलेको छ । जसमा ६ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । नेपालले कुनैपनि राष्ट्रसँग खेलेको यो खेल सर्वाधिक हो ।
नेपालले ८ खेल मध्य जम्मा दुई टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी ट्वान्टी र तीन अन्तरष्ट्रियमा जित निकालेको छ ।

Nepal to make ODI debut against Dutch - CricketingNepal

नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट सन् २०१२ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा भएको थियो । सो खेलमा नेपालले मात्र ८५ रन बनाउँदा नेदरल्यान्ड्सले ६ विकेटको सहज जित निकालेको थियो ।

सन् २०१३ मा पुनः विश्वकप छनोटमा समेत नेपाल १ सय ७ रन जोड्दा नेदरल्यान्ड्सले ५ विकेटको जित हात पार्यो ।

दुवै राष्ट्रको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय खेल सन् २०१५ मा भएको थियो । सन् २०१४ मा टी ट्वान्टी विश्वकप खेलेपछि पाएको एतिहासिक टी–ट्वान्टी मान्यतापछि नेपाल नेदरल्यान्ड्स भ्रमणमा निस्किएको थियो । चार खेलको भ्रमण सिरिजमा नेपालले मात्र १ खेलमा जित हात पार्यो, जुन नेपालले नेदरल्यान्ड्समाथि पहिलो पटक जित दर्ता गर्न सफल भयो ।

पहिलो खेलमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ सय १६ रन बनाउन सक्यो । दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोर्यो । १ सय ७२ रनको ठुलो लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ६९ रनमा समेटियो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले बनाएको यो नै सबै भन्दा कम रन हो । तेस्रो खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ३१ रन बनायो ।

अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पहिलो पटक पराजित गर्न सफल भयो । १ सय ४० रन पछ्याएको नेपालले २ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

सन् २०१८ को इंग्ल्यान्ड भ्रमणमा नेपालले नेदरल्यान्ड्स र मेरिलिबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक सिरिज खेल्यो । जसमा नेपाल र नेदरल्यान्ड्स बीचको खेल वर्षाले प्रभावित भयो ।

यस्तै, नेपाल र नेदरल्यान्ड्सको अन्तिम भेट ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा भएको थियो । जुन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल तथ्य -

सर्वाधिक रन बनाउने नेपाली खेलाडी : पारस खड्का (७ इनिङमा १७६ रन)
एक इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी : पारस खड्का (५४ रन)
सर्वाधिक स्ट्राइक रेट : करण केसी (१२८.५७)
सर्वाधिक विकेट लिने नेपाली खेलाडी : बसन्त रेग्मी (७ इनिङमा १२ विकेट)
बेस्ट बलिङ फिगर : करण केसी (१७ रन खर्चेर ४ विकेट)

वरीयता र खेल स्तरको आँकंलन अनुसार फाइनल खेल्ने नेपाल र नेदरल्यान्ड्स भिड्ने अनुमान गर्न सकिन्छ ।

फाइनलमा जसले राम्रो खेल्यो, च्याम्पियन उही बन्नेछ ।

Nepal face defeat against Netherlands in ICC World Cricket League  Championship - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper |  Nepal News, Latest Politics, Business, World, Sports, Entertainment,  Travel, Life Style News

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP