एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इन्टरले काग्लियारीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन माटियो डारमेनले निर्णायक गोल गरे ।
खेलको ७७ औं मिनेटमा हाकिमीको पासमा माटियोले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै लिग लिडर इन्टरले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।
इन्टरले ३० खेलमा ७४ अंक जोडेको छ ।
दोस्रो स्थानको एसी मिलानको ६३ अंक रहेको छ ।
काग्लियारी २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा युभेन्ट्सले जिनोआलाई ३-१ ले हराएको छ ।