काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (बिहीबार) दुई खेलहरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा ललितपुर मेयर्स-११ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र प्रदेश-१ बिचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
आज दुबै टिम दोस्रो जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।
तीन खेलमा २ अंक जोडेको प्रदेश-१ तेस्रो र ललितपुर समान अंक सहित चौंथो स्थानमा रहेका छन् ।
दुबै टिम प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
दोस्रो खेलमा एपीएफ क्लबले लुम्बिनी प्रदेशसँग खेल्नेछ ।
एपीएफ र लुम्बिनीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ ।
आज एपीएफ अपराजित रहने लक्ष्यमा रहेको छ । अघिल्ला तीन ३ खेलमा शतप्रतिशत जित निकालेको एपीएफ ६ अंक जोडेर फाइनल पुगिसकेको छ ।
लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनीले ३ खेलमा अंक जोड्न सकेको छैन ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।