• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यानको खेल, खेलाडीमाथि झेल !
विश्वास थापा
बिहीबार, असोज ८, २०७७ विश्वास थापा
क्यानको खेल, खेलाडीमाथि झेल !
राष्ट्रिय क्रिकेट टिमका सदस्य (बायाँबाट) ललित राजवंशी, अभिनाश बोहरा र सोमपाल कामी ।

चितवन । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बोर्ड बैठकमार्फत सन् २०२० को लागि पुरुष खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गर्यो । तीन श्रेणीमा वर्गीकरण गरिएका खेलाडीले क्रमश ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ मासिक तलब निर्धारण गरियो ।

खेलाडीले क्यानबाट पाएको यो ‘कन्ट्रयाक्ट’ अहिलेसम्मकै सर्वाधिक हो । केही हप्ताअघि मात्र सन् २०१९ को तलब वितरण गरेको क्यानले लामो समयदेखि खेलाडीको तलब नबढेको भन्दै आईसीसीलाई १० प्रतिशत थप गरी तलब पठाउन आग्रह गरेको थियो । सोहि अनुसार ए ग्रेडका खेलाडीले ४५ हजार, बीले ३५ र सीले २५ हजार पाएका थिए ।

छोटो समयमा नै क्यानले खेलाडीको तलबमा ५ हजार वृद्धि गर्यो । खेलाडीको ‘कन्ट्रयाक्ट’ रकम बढाउँदै गर्दा क्यानले खेलाडीको संख्या कटौती गर्यो । खेलाडीको संख्यामा कटौतीमात्र भएन, हेरफेरनै गर्यो ।

यसअघि २२ खेलाडीले ‘सेन्ट्रल कन्ट्रयाक्ट’ पाउँदै आएका थिए । अब १८ खेलाडीमा सिमित बनेको छ । एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको राष्ट्रले मात्र १८ खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा सिमिति गर्नु चिन्ताजनक कुरा हो ।

यस्तै, क्यानले सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा कैफियत देखिएको छ । सन् २०२० को वर्गीकरणमा खेलाडीको प्रदर्शन र राष्ट्रिय टिममा खेलेको भूमिकाको कदर गरिएको देखिदैन ।

क्यानका अनुसार खेलाडीको वर्गीकरण सन् २०१९ मा क्रिकेटरको प्रदर्शनको आधारमा गरिएको हो । तर केही खेलाडीको प्रर्दशनले वर्गीकरणलाई न्याय गर्दैन ।
नेपालले सन् २०१९ मा ३० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसमा १९ टी–ट्वान्टी अन्तराष्ट्रिय, ३ एकदिवसीय अन्तराष्ट्रिय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ७ अन्तराष्ट्रिय क्रिकेट रह्यो ।

नेपालले खेलेको ३० खेलमा १६ जित र १४ हार व्यहोर्यो ।

नेपाललाई सफलता, अविनासले लिए विकेट - Khelpati

सन् २०१९ मा अन्तराष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व नगरेका विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल र कलम सिंह ऐरीले सी श्रेणीमा स्थान पाउँदा ११ खेलमा नेपालको लागि बलिङ गरेका ललित नारायण राजबंशी क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा नअटाउदाँ सबैलाई आश्चार्यमा पारेको छ ।
सन् २०१९ मा ४ एक दिवसीय र ११ टी–ट्वान्टी अन्तराष्ट्रियमा खेल्दै ललितले ९ टी ट्वान्टी विकेट हात पार्न सफल थिए । तर क्यानको नजरमा ललित भन्दा सुवास र कमल योग्य देखिए ।

यस्तै, गत वर्ष टी–ट्वान्टी डेब्यु गरेका तर अन्य खेलमा मौका नपाएका रशिद खानले समेत सी श्रेणीमा स्थान पाए । तर २०१९ को हरेक जसो प्रतियोगितामा सिनियर टिममा स्थान बनाएका ललितलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’ नदिनु बदनियत देखिएको छ ।

यस्तै, सन् २०१९ को ६ टी–ट्वान्टीमा ७ विकेट लिएका सुशन भारीले बी श्रेणीमा स्थान पाउँदा १७ टी–ट्वान्टीमा १६ विकेट लिएका नियमित सदस्य अभिनास बोहरा भने सी श्रेणीमा झरेका छन् ।

सन् २०१९ मा डेब्यु गरेका बोहराले डेब्यु सिरिजमा सर्वाधिक विकेट लिंदै 'प्लेअर अफ द सिरिज' घोषित भएका थिए । त्यसयता उनले सिनियर टिममा नियमित स्थान बनाए ।

सन् २०१९ को क्रिकेटमा नियमित रहेका यी दुई खेलाडी बोहरा र ललितलाई मात्र हैन राष्ट्रिय टिममा मुख्य हतियारको रुपमा रहेका अलराउण्डर सोमपाल कामीलाई समेत क्यानले अन्याय गरेको छ । लामो समयदेखि निरन्तर नेपालबाट एक रुपको प्रदर्शन दिंदै आएका सोमपाल आश्चर्यजनक रुपमा घटुवा भएका छन् ।

सोमपालले गत वर्ष १६ टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ एकदिवसीय खेलमा प्रदर्शन गरेका थिए । जसमा १ सय १३ रन टी–ट्वान्टी र ५८ रन एकदिवसीय अन्तराष्ट्रियमा बनाउन सफल भएका थिए । सोही बर्ष एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यूएईविरुद्ध एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए ।

सन् २०१७ देखी नियमित रुपमा ए श्रेणीमा स्थान बनाउंदै आएका सोमपाललाई यसपटक सन् २०१९ मा ४ टी–ट्वान्टी र जम्मा १ एकदिवसीय अन्तराष्ट्रिय खेलेका बसन्त रेग्मीले पाखा लगाए । तर उनै बसन्तले सन् २०१९ को जुलाईदेखि राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । बसन्तलाई विस्थापित गर्दै टी–ट्वान्टीमा डेब्यु गरेका सुशन भारी ६ खेल खेल्दै ६ विकेट लिंदै बी श्रेणीमा यथावत रहे ।

पछिल्लो समय चोटले पिडा दिएको समय सोमपालमाथि क्यानले अन्याय गरेको देखिन्छ । ढाडको समस्याका कारण सोमपालले पछिल्ला केही प्रतियोगिता गुमाउन बाध्य भएका थिए । चोटकै कारण सन् २०२० को एतिहासिक एकदिवसीय अन्तराष्ट्रिय खेल गुमाउँदा सोमपालको स्थान लिन सक्ने कुनै रिजर्भ खेलाडी नेपाली टिममा थिएनन् ।

यसरी तथ्याङसंग मेल नखाएको क्यानको वर्गीकरण अहिले आलोचनाको विषय बनेको छ । नयाँ वर्गीकरणले केही खेलाडी कसरी घटुवा भए भन्दा पनि खेलनै नखेलेका खेलाडीले कसरी ‘सेन्ट्रल कन्ट्रयाक्ट’ पाए भन्ने बिषय रहस्यमा देखिन्छ ।

सन् २०२० को नयाँ वर्गीकरणमा ८ खेलाडी ए श्रेणी, ४ खेलाडी बी श्रेणी र ६ खेलाडी सी श्रेणीमा रहेका छन् ।

यसअघि ८ खेलाडी ए श्रेणी, ८ खेलाडी बी श्रेणी र ६ खेलाडी सी श्रेणीमा रहेका थिए ।

सन् २०१९ को वर्गीकरण

ए श्रेणी : ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी

बी श्रेणी : आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा

सी श्रेणी : प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल

नयाँ वर्गीकरण

'ए’ श्रेणीः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

'बी’ श्रेणीः सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सर्राफ

'सी’ श्रेणीः सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, अभिनाश बोहोरा, कमल सिंह ऐरी

No description available.

यता, क्यानले प्रदर्शन, योगदान र अनुशासनलाई हेरेर खेलाडीको वर्गीकरण गरेको बताएको छ ।

'वर्गीकरण गर्दा खेलाडीले गरेको योगदान, प्रदर्शन, अनुशासन सबै कुरा ध्यानमा राखेर वर्गीकरण गरिएको हो ।’ क्यानका कोषाअध्यक्ष रोशनकुमार सिंहले भने, 'सबै कुरामा योग्य भए पनि खेलाडीमा अनुशासन छैन भने ‘सेन्ट्रल कन्ट्रयाक्ट’ नपर्न सक्छन् ।’

'हिजो सोमपाल ए मा हुँदा र बसन्त बी मा हुँदा समेत आलोचना आएको थियो । आज सोमपाल बीमा झर्दा बसन्त एमा उक्लिंदा पनि आलोचना आएको छ ।’ सिंह भन्छन्, 'हिजो बसन्तको समर्थकले आवाज उठाएको थिए भने आज सोमपलका समर्थकले आलोचना गरेका छन् । यसलाई सबैले नकारात्मक भन्दा प्रतिस्पर्धात्मक रुपमा लिनु पर्छ ।’

यस्तै, टेष्ट राष्ट्रले जस्तै वर्गीकरणमा टेष्ट, टी ट्वान्टी र एकदिवसीय खेलाडीको मिश्रणबाट ‘सेन्ट्रल कन्ट्रयाक्ट’ बनाए जस्तै क्यानले समेत टी–ट्वान्टी र एकदिवसीयको प्रदर्शनको आधारमा वर्गीकरण गरिएको सिंहले बताए ।’

महिला क्रिकेट विकासको लागि '१००% क्रिकेट' अभियान - Khelpati

पुरुष खेलाडीको हकमा मात्र नभएर महिलाको वर्गीकरणमा समेत लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेट नखेलेका खेलाडीले सम्झौता हात पारेका छन् ।

क्यानले इतिहासमा पहिलो पटक महिला खेलाडीको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गरेको हो ।

सन् २०२० बाट लागु हुने गरी गरिएको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गत वर्ष क्रिकेट नखेलेका खेलाडी समेत समावेश रहेका छन् ।

जसमा बी ग्रेडमा समावेश रहेकी ज्योती पाण्डे र पूर्व कप्तान ऋतु कनोजियाले सन् २०१७ देखि अन्तराष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

यस्तै बी श्रेणीमा नै रहेकी कबिता जोशी तथा सी श्रेणीमा रहेका अनुराधा चौधरी र शोभा आलेले अहिलेसम्म अन्तराष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

सन् २०२० को वर्गीकरणमा गत वर्ष अन्तराष्ट्रिय खेल नखेलेका खेलाडी कसरी अटाए ?

खेलाडीले लामो समय देखी दिंदै आएको योगदान र खेलाडीको अनुशासनको आधारमा वर्गीकरण गरिको क्यान बताउँछ ।

'सूची बनाउने, बनाएको सुची बोर्डमा प्रस्तुत गर्ने र बोर्डले चाहेमा हेरफेर गर्न सक्ने प्रावधानबाट भएको निर्णय हो । इतिहासमा पहिलो पटक गरिएको वर्गीकरणमा आलोचना आउनु स्वभाबिक हो । लामो समय देखी योगदान पुर्याएका खेलाडीको पनि सम्मान गर्ने पर्यो ।’ महिला खेलाडीको ग्रेड निर्धारण गर्ने संयोजक रहेको सिंहले भने ।

'ग्रेड निर्धारणमा खेलाडीले पुर्याएको योगदान, उसको प्रदर्शन र अनुशासनलाई ध्यानमा राखेर वर्गीकरण गरिएको हो । यो वर्गीकरण यस वर्षको लागि मात्र हो, यस वर्ष सकिन अब मात्र तीन महिना त बाँकी छ ।’ उनले थपे ।

क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द भने महिला खेलाडीको हकमा पहिलो पटक काम गर्दा गल्ति भएका कारण टाउको दुखाईको विषय नबनाउन आग्रह गर्छन् ।
अहिले खेलाडीको निरन्तरता, प्रदर्शन र अनुशासन हेरेर ‘सेन्ट्रल कन्ट्रयाक्ट’ गराइएको उनले जानकारी दिए ।

‘यसलाई धेरै सोचिरहन आवश्यक छैन । जनवरीमा चेन्ज भईहाल्छ । निरन्तरता, प्रदर्शन र अनुशासन हेरेर हामीले कन्ट्राक्ट दिएका हौँ ।’ चन्दले भने ।

यता, क्यान निकट स्रोतका अनुसार लामो समय देखि नेपाल क्रिकेटमा योगदान दिंदै आएका कारण कदर स्वरुप बसन्त रेग्मीको श्रेणी बढुवा गरिएको हो ।

'लामो समय देखि नेपालको भेट्रान खेलाडी जो करियरको अन्तिम समयमा छन् उनलाई क्यानले एक पटक मौका दिएको छ ।’ क्यान निकट स्रोतले भने, 'यस वर्ष सकिन अब ३ महिना छ, फेरी नयाँ वर्गीकरण आइहाल्छ । विश्व क्रिकेट लिगमा सर्वाधिक विकेट लिएर कीर्तिमान बनेका खेलाडीलाई क्यान अस्तित्वमा हुँदा किन कदर नगर्ने सोच हो ।’

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP