• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एक रनले विश्वकप पुग्न चुकेको नेपाल !
खेलपाटी संवाददाता
मंगलबार, माघ २८, २०७६ खेलपाटी संवाददाता
एक रनले विश्वकप पुग्न चुकेको नेपाल !

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ ।

आइतबार भएको फाइनलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले पहिलो पटक यू-१९ विश्वकपको उपाधि जितेको हो ।

यसअघि सन् २०१६ मा घरेलु भूमिमा भएको विश्वकपमा तेस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले यस संस्करणमा भने उपाधि जित्दै इतिहास रचेको छ ।

बंगलादेशले ऐतिहासिक उपाधि जित्दा नेपाललाई भने एक रनको पराजयले झस्काई रह्यो ।

यू-१९ विश्वकपमा राम्रो छाप छोड्न सफल नेपाल त्यहिँ एक रनको हारले यस संस्करणमा सहभागिता जनाउन पाएनन् ।

गत वर्ष भएको आईसीसी यू-१९ एकदिवसीय विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग एक रनले पराजित भएको थियो । वर्षाको कारण खेलले पूर्णता पाउन नसकेपछि डीएल पद्दतिबाट नतिजा निकालिएको थियो ।

तर, डीएल पद्दति नेपालको लागि दुर्भाग्य बन्यो । खेलमा नेपाल युएईसँग एक रनले पराजित भयो ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डीएलबाट गरिएको थियो ।

डीएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो ।

वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । युएईका भ्रितीय अर्भिन्दले अविजित ४७ रन जोडेका थिए । यस्तै आन्स टन्डनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालका कमल सिंह ऐरी र सागर ढकालले १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।

नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेलेका थिए । अविजित रहेका हरिले ७४ बलमा ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए । हरि र भिमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडेका थिए ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम विश्वकपको लागि छनोट हुने भएकाले सो खेल नै नेपालको लागि अभिसाप बन्यो । ५ खेलमा ४ जित निकाल्दा नेपाल छनोटको दोस्रो स्थानमा रहयो । युएई भने ५ खेलमा ५ जित निकाल्दा विश्वकपमा छनोट भयो ।

यू-१९ विश्वकपमा नेपालको ईतिहास कस्तो ?

सन् १९८८ बाट सुरु भएको यू-१९ विश्वकपले १२ औं संस्करण पार गरिसकेको छ । सन् १९८८ बाट प्रतियोगिता सुरु भएपनि सन् १९९८ बाट मात्र निरन्तरता पाएको थियो ।

पहिलो संस्करणमा ८ राष्ट्रले सहभागिता जनाएका थिए । त्यसपछि भने सहभागी राष्ट्र बढाउँदै १६ राष्ट्र बनाईएको थियो ।

आईसीसीको सदस्य नभएको कारण नेपालले पहिलो र दोस्रो संस्करणको विश्वकपमा सहभागिता जनाउन पाएको थिएन । नेपालले सन् १९९८ मा आईसीसीबाट एसोसिएट राष्ट्र मान्यता प्राप्त गरेको थियो ।

नेपालले यू-१९ विश्वकपमा सात पटक प्रतिस्पर्धा गरिसकेका छन् । सन् २००० मा नेपालले पहिलो पटक यू-१९ विश्वकप खेलेको थियो । जसमा नेपालले आठौं स्थान प्राप्त गर्दै ईतिहास रचेको थियो ।

तर, सात पटक विश्वकप खेलेपनि नेपालले आठौं स्थान भन्दा माथि उक्लन सकेको छैन । पहिलो सहभागिता र सन् २०१६ मा नेपालले आठौं स्थान हात पारेको थियो ।

यू-१९ विश्वकपको ईतिहासमा नेपालले ३ पटक मात्र विश्वकप छनोट चरण पार गर्न सकेन । नेपालले सन् २०१८, २०१४ र २०१० मा विश्वकप खेल्ने अवसर गुमाको थियो ।

हालसम्म नेपालले यू-विश्वकपमा ४३ खेल खेलेको छ । जसमा २१ खेलमा जित हात पारेको छ ।

नेपालले यू-१९ विश्वकपमा सधै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालले विभिन्न टेष्ट राष्ट्रलाई समेत पाखा लगाउँदै आएको छ । नेपालले विश्वकपमा जिम्बाबे, बंगलादेश, आयरल्याण्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता राष्ट्रलाई पराजित गरिसकेको छ ।

सन् २०१६ को विश्वकपमा न्युजिल्यान्डविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर बनाएको २३८ रन नै नेपालको सवार्धिक उच्च स्कोर हो ।

सन् २०१२ को विश्वकपमा नामिबियाविरुद्ध प्रदिप ऐरीले ७६ बलमा बनाएको अविजित ९८ रन नै व्यक्तिगत उच्च स्कोर हो ।

यस्तै २०१२ को विश्वकपमा पपुवा न्युगिनीविरुद्ध राहुल विश्वकर्माले ६.२ ओभर बलिङ गर्दै ३ रन खर्चेर ६ विकेट हात पारेको बलिङ फिगर विश्वकप इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP