• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एक दशकअघि अमेरिकासँगको त्यो खेल !
विश्वास थापा
आइतबार, माघ १९, २०७६ विश्वास थापा
एक दशकअघि अमेरिकासँगको त्यो खेल !

काठमाडौं । एक दशक अघि, सन् २०१० फेब्रुवरी, कीर्तिपुर - त्रिवि क्रिकेट मैदानमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले अमेरिकाको सामना गर्दै थियो ।

फाइनल प्रवेशको लागि अमेरिकालाई जित आवश्यक रहेको थियो भने नेपालले खेल हारेमा सिंगापुरसँगको नेट रन रेट तुलना हुने थियो ।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ६२ रन बनायो । नेपालको लागि ज्ञानेन्द्र मल्लले ५२ रनको अर्धशतकीय इनिङस खेलेका थिए । यस्तै महबुब आलमले ३८ रन बनाउँदा अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

सहज लक्ष्य अमेरिका नेपाल माथि जितका लागि कुनै मुस्किल देखिएको थिएन । उसले ३२ ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको अवस्थामा नेपाल हार्ने निश्चित देखिएको थियो । तर, दर्शकदिर्घामा बसेका नेपाली समर्थकले मैदानतर्फ ढुंगा प्रहार गर्न थाले । खेल केहि बेर स्थगित भयो ।

४ ओभर घटाएर पुन: खेल संचालनमा ल्याउँदा अमेरिकाले ३३ ओभर ३ बलमा लक्ष्य पुरा गर्यो । एक दशक अघि नेपाली समर्थकबाट भएको त्यो गल्तिले अहिले पनि लज्जाबोध गराउने गरेको छ ।

खेल हारे पनि नेपाल नेट रन रेटको आधारमा सिंगापुरलाई पछि पर्दै फाइनल पुग्यो । फाइनलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै आईसीसीको पहिलो उपाधि जित्न सफल भयो ।

Image may contain: 12 people, people smiling, people standing and outdoor

टस जितेर पहिले ब्यटिङ गरेको अमेरिकाले राम्रो सुरुवात गरेको थियो । तर, नेपालका बलर राहुल विश्वकर्माले अमेरिकाको गतिमा डिसब्रेक लगाइदिए ।

३ विकेट गुमाएर १ सय ४३ रन बनाएको अमेरिकालाई राहुलको उत्कृष्ट बलिङमा बाँकी २९ रन जोड्दा अल आउट भयो । राहुल एक्लैले ७ विकेट लिए । ८ ओभर २ बलमा २ मेडन सहित मात्र १५ रन खर्चेर ७ विकेट हात पारे । ७ विकेट लिनु अघि उनले अमेरिकाका ओर्लाण्डो बेकारलाई ४९ रनमा रन आउट समेत गरेका थिए ।

Image may contain: 1 person, smiling

सन् २०१० को यो प्रतियोगिता नेपालको सम्झन लायक मध्येको एक प्रतियोगिता बन्यो । क्रिकेट समर्थकको खराब व्यवहारसंगै आईसीसी उपाधि र अमेरिकाविरुद्धको फाइनल बदला, बिर्सन सकिन्न ।

सोहि प्रतियोगिताको लागि अमेरिका अन्तिम पटक नेपाल आएको थियो । अब १० वर्षपछि फेरी अमेरिका त्यही मैदानमा खेल्न फर्किंदै छ । विश्व क्रिकेट लिग-२ को लागि एकदिवसीय सिरिज खेल्न पुन: अमेरिका नेपाल आउन लागेको हो ।

प्रतियोगिता माघ २२ गते देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा संचालन हुनेछ । सिरिजमा नेपालसँगै ओमान र अमेरिका रहेका छन् ।

यस सिरिज नेपालको पहिलो घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल र प्रतियोगिता हुनेछ । एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको नेपालले २ वर्षपछि घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक सिरिजमा नेपालले माघ २५ र २९ गते अमेरिकाको सामना गर्नेछ ।

नेपाल र अमेरिकाको - हेड टु हेड

हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।

अमेरिका र नेपाल पहिलो पटक जर्सीमा भएको सन् २००८ को डिभिजन पाँचमा खेलेका थिए । जुन खेल नतिजाविहिन भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै १ सय ८२ रन बनायो । तर खराब मौषमका कारण अमेरिकाको इनिङ सुरु हुन सकेन र दुवै टिमले अंक बाँडेका थिए ।

यस्तै सोहि प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलममा नेपालले अमेरिकालाई ९६ रनले पराजित गरेको थियो । नेपालले प्रस्तुत गरेको १ सय ९० रनको लक्ष्य पछ्याएको अमेरिका ४३ भर ४ बलमा ९३ रनम अल आउट भयो ।

(सन् २०१० को डिभिजन पाँचको नेपाल र अमेरिकाको २ खेल माथि बर्णन गरिएको छ ।)

इटालीमा भएको सन् २०१० को डिभिजन चारमा समेत खेल नतिजा आउन सकेन । पहिलो इनिङमा नेपालले १४ ओभरमा २ विकेट गुमाएर ५१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

यस्तै सोहि प्रतियोगितामा नेपाल पहिलो पटक अमेरिकासँग पराजित भयो । लिग चरणको खेलमा नेपाल अमेरिकासँग ५५ रनले पराजित भयो । अमेरिकाले दिएको २ सय ४ रनको लक्ष्य नेपाल १ सय ४८ रनमा अल आउट भयो ।

सन् २०१२, मलेसियामा भएको डिभिजन चारमा नेपालले अमेरिकालाई ३२ रनले पराजित गर्यो । नेपालले पहिले ब्याटिङ गर्दै सुवास खकुरेलको शतकमा २ सय ५८ रन बनायो । सुवासले १ सयमा १ सय १५ रन बनाए । २ सय ५९ रनको लक्ष्य पछ्याएको अमेरिका भने २ सय २६ रनमा अल आउट भयो । नेपालको जितमा बसन्त रेग्मीले ५ विकेट लिए ।

Image result for subash khakurel

सोहि प्रतियोगितामा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको अमेरिका मात्र १ सय ४५ रनमा अल आउट भयो । अमेरिकालाई सस्तैमा समेट्न बसन्त रेग्मीले ५ विकेट लिए । जवाफी ब्याटिङ गरेको नेपालले २८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।

सन् २०१३ बर्मुडामा भएको डिभिजन तीन, नेपाल अमेरिकासँग ९४ रनले पराजित भयो । अमेरिकाले दिएको ३ सय ६७ रनको फराकिलो लक्ष्य पछाएको नेपालले ५० ओभरमा २ सय ७२ रन बनाउँदा अल आउट भयो । नेपालका लागि कप्तान पारस खड्का (७३ रन) र शरद भेषवाकर (७२ रन) को अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन् ।

सन् २०१४ मलेसियामा भएको लिग डिभिजन तीनको पहिलो खेलमा खराब मौषमका कारण खेल नतिजा विहिन भयो । दोस्रो खेलमा भने नेपाल डीएल पद्दतिमा १० रनले विजयी भएको थियो ।

अमेरिकाले दिएको २ सय २४ रनको लक्ष्य पछाएको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउँदा खराब मौषमले खेल विथोलेको थियो । सो खेलमा सुवास खकुरेल ४९ रनमा अविजित रहँदा नेपाल १० रनले विजयी भयो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP