• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
१४ वर्षपछि फर्किदै 'फस्ट क्लास' क्रिकेट
विश्वास थापा
मंगलबार, कात्तिक १९, २०७६ विश्वास थापा
१४ वर्षपछि फर्किदै 'फस्ट क्लास' क्रिकेट

काठमाडौं । सन् २००५ मा नेपालले अन्तिम पटक कीर्तिपुरस्थित टियु मैदानमा 'फस्ट क्लास' क्रिकेट खेलेको थियो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रलाई मध्यनजर गर्दै अन्तर महादेशीय कपको नाममा फस्ट क्लास क्रिकेटको स्वरुप अघि बढाएको थियो ।

त्यही समय नेपालले यस फर्म्याटमा खेल्न पाएको थियो । अन्तर महादेशीय कप भने सन् २००४ मा सुरु भएको थियो ।

दोस्रो संस्करणमा नेपाल र युएईले कीर्तिपुर मैदानमा फस्ट क्लास क्रिकेट खेलेका थिए । करिब पाँच हजार दर्शकलाई साक्षी राखेर नेपालले युएईलाई १ सय ७२ रनले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्यटिङ गरेको नेपालले पहिलो इनिङमा ७ विकेट गुमाएर २ सय ८७ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । शरद भेषवाकरले सर्वाधिक ८९ रन बनाएका थिए । शक्ति गौचनले ६८ रन जोडेका थिए ।

पहिलो इनिङ्समा युएई १ सय ६४ रनमा समेटिदा नेपालका राजु बस्न्यातले ३ तथा शक्ति गौचनले २ विकेट हात पारका थिए ।

नेपालले दोस्रो इनिङमा थप १ सय २५ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । युएईलाई खेल जित्न २ सय ४९ रन आवश्यक पर्ने भयो । तर, युएई ७६ रनमा समेटियो । दोस्रो इनिङ्समा विनोद दासले ५ विकेट चट्काएका थिए । शक्ति गौचनले २ विकेट लिएका थिए ।

त्यसअघि नेपालले कीर्तिपुर मैदानमानै हङकङसंग बराबरी खेलेको थियो ।

युएईविरुद्ध घरेलु मैदानमा नेपालले खेलको अन्तिम फस्ट क्लास क्रिकेट त्यही थियो । त्यसयता नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न पाएको छैन ।

सन् २००६ को आईसीसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आईसीसीको फस्ट क्लास क्रिकेट खेलेको छैन ।

त्यसअघि, सन् २००४ मा नेपालले मलेसियासंग कीर्तिपुर मैदानमा पहिलो पटक घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलेको थियो । जसमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

नेपालको डेब्यु फस्ट क्लास क्रिकेट भने युएईविरुद्ध सारजाहामा भएको थियो । सो खेल बराबरीमा सकिएको थियो ।

नेपालले आईसीसी अन्तर महादेशीय कपमा दुई पटक सहभागिता जनाएको छ ।

पहिलो र दोस्रो संस्करण खेलेको नेपालले ४ मध्य २ मा जित र २ मा बराबरी खेल्दै समूह उपविजेता बनेको थियो । तर,नेपाल अघिल्लो चरण प्रवेश गर्न असफल भयो ।
तीन राष्ट्रको समूह हुने भएकाले शीर्ष टोलीमात्र अघिल्लो चरण पुग्ने नियम रहेको थियो ।

नेपाल सुरुवाती दुई संस्करणपछि प्रतियोगितामा छनोट हुन सकेन । त्यसयता नेपालले आईसीसीको फस्ट क्लास क्रिकेट खेल्न पाएको छैन ।

तर, अहिले नेपालले एक दिवसीय मान्यता पाएसंगै पुन आईसीसी अन्तर महादेशीय कपमा छनोट भएको छ । दुर्भाग्य के भने आईसीसीले आउने संस्करणबाट प्रतियोगिता परिमार्जन गर्ने संकेत देखाएको छ । जसले गर्दा फस्ट क्लास नहुन सक्छ ।

तर, १४ वर्षपछि पुन: घरेलु मैदानमा फस्ट क्लासको क्रिकेट फर्कदै छ । यसले नेपाली खेलाडी तथा दर्शकलाई नयाँ अनुभुती दिलाउनेछ ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टूर अन्तर्गत विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल भ्रमणमा आएपछि यो मौका जुरेको हो ।

एमसीसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको छ । खेल नेपाली दर्शकको लागि मात्र नभएर नेपाली टिमका खेलाडीका लागि समेत नयाँ हुनेछ ।

नेपालले सार्वजनिक गरेको टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्लले समेत फस्ट क्लास क्रिकेटमा डेब्यु गर्ने छन् । सोमपाल कामी र शरद भेषवाकरले बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् ।

नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गरेको तीन दिवसीय क्रिकेट खेलेको थियो तर सो खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको थिएन ।

कुनै पनि देशको क्रिकेटमा फस्ट क्लास ढाँचाको ठुलो भूमिका रहन्छ । यस ढाँचाको क्रिकेटलाई उच्चस्तरको प्रतियोगिताको रुपमा हेरिन्छ । यस ढाँचाको क्रिकेटमा सेतो जर्सी र रातो बलले तीन वा तीन भन्दा बढि दिन खेल्ने गरिन्छ ।

फस्ट क्लास क्रिकेटले खेलाडीको मनोबल, क्षमता, स्थिरता, बलियो पक्ष र कमजोर पक्ष पत्ता लगाउन मद्दत गर्छ ।

जो राष्ट्र अन्तराष्ट्रिय क्रिकेटमा सफल छन्, उनीहरुको घरेलु संरचनामा फस्ट क्लास क्रिकेटको राम्रो प्रतियोगिता हुनेगर्छ । उदाहरणका लागि अफगानिस्तानलाई नै हेर्न सकिन्छ ।

नेपाल भन्दा निकैपछि क्रिकेट खेल्न सुरु गरेको उसले छोटो समयमा अन्तराष्ट्रिय क्रिकेटमा फड्को मार्यो । उसको सफलतामा घरेलु क्रिकेटको संरचना र प्रतियोगिताको मुख्य भूमिका छ । अफगानिस्तानमा सबै खाले घरेलु प्रतियोगिता हुने गर्छ । सोही कारण उसले सन् २०१७ मा टेष्ट राष्ट्रको मान्यता समेत प्राप्त गरिसकेको छ ।

एक दिवसीय मान्यता पाएको राष्ट्र नेपालले सन् २००५ यता कुनै फस्ट क्लास क्रिकेट खेलेको छैन । सुन्दा अचम्म लाग्न सक्छ, तर वास्तविकता यही हो ।

सोमपाल कामीले श्रीलंकाको घरेलु लिगमा फस्ट क्लास क्रिकेट खेल्नु बाहेक अन्य खेलाडी यस ढाचाको क्रिकेट खेल्नै पाएका छैनन् ।

अहिलेसम्म नेपालका १७ खेलाडीले मात्र फस्ट क्लास क्रिकेट खेलका छन् । अहिले राष्ट्रिय टिममा रहेका पारस खड्का, सोमपाल कामी र शरद भेसवाकरसंग मात्र यो अनुभव रहेको छ ।

अब फस्ट क्लास क्रिकेटमा नयाँ कप्तान ज्ञानेन्द्र मल्ल सहित कम्तिमा ९ खेलाडीले डेब्यु गर्नेछन् । नेपाल भ्रमणमा रहेको इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग राष्ट्रिय क्रिकेट टिमले फस्ट क्लास क्रिकेट खेल्दैछ ।

एक साता नेपाल भ्रमणमा रहेको एसीसीले बुधबारबाट शुक्रबारसम्म त्रिवि मैदानमा तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्ने कार्यक्रम तय छ ।

नेपालसँग टी–ट्वान्टी, एकदिवसीय र फस्ट क्लास क्रिकेट सिरिजका लागि एमसीसीको टिम नेपाल आएको हो ।

एमसीसीसंग बुधबार हुने खेलले १४ वर्ष लामो फस्ट क्लास क्रिकेटको खडेरीको अन्त्य गर्नेछ ।

अन्य देशमा फस्ट क्लास क्रिकेट नखेली राष्ट्रिय टिममा स्थान गाह्रो हुन्छ । क्रिकेटमा सफलता हासिल गरेका देशमा राष्ट्रिय टिममा स्थान बनाउने मुख्य आधार भनेकै फस्ट क्लास क्रिकेटमा गरेको प्रदर्शन हो ।

तर,नेपाली क्रिकेटले यस ढाँचाको क्रिकेटको अभ्यासै गर्न पाएको छैन ।

करिब तीन वर्ष आईसीसीको निलम्बनमा रहेको क्यान घरेलु क्रिकेटको नयाँ संरचना बनाउनमा केन्द्रित छ । यदी नेपाली क्रिकेटलाई उकास्ने हो भने उसले घरेलु संरचनामा फस्ट क्लास क्रिकेटको थालनी गर्नुपर्ने अपरिहार्य छ ।

तस्बिर : एजेन्सी 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP