काठमाडौं । नेपालमा पहिलो पटक महिला फ्रेन्चाईज क्रिकेट प्रतियोगिता वुमेन च्याम्पियन्स लिग डब्लुसीएल आज (बुधबार) सुरु हुदैछ ।
उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रनेछ । ईन्दु वर्माले चितवनको नेतृत्व गर्नेछिन् ।
महिला क्रिकेटरका प्रतियोगिता नभएको अवस्थामा क्विन्स ईभेन्ट म्यानेजमेन्टले डब्लुसीएलको पहिलो संस्करण आयोजना गरेको हो ।
आयोजकले मोफसल बाहिर पोखरा प्रिमियर लिग पीपीएल आयोजना गर्दै आएको छ ।
खेल टियु मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।