• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'नेपाललाई जिताउनु मेरो सपना'
खेलपाटी संवाददाता
शुक्रबार, असोज ३, २०७६ खेलपाटी संवाददाता
'नेपाललाई जिताउनु मेरो सपना'
तस्बिर : जिएचसिए

काठमाडौं । पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाएका ईशान पाण्डेले टिममा परेपनि आफ्नो सपना अझै पुरा नभएको बताएका छन् ।

सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले बिहिबार घोषणा गरेको १५ सदस्सीय टोलीमा ब्याट्सम्यान ईशान परेका थिए ।

तर, ईशानले टिममा पहिलो पटक स्थान बनाउनु आफ्नो लागि अवसर मात्र रहेको कारण आफ्नो सपना पुरा भईनसकेको बताए ।

'राष्ट्रिय टिममा त परेको छु तर मेरो सपना अझै पुरा भएको छैन । मलाई अहिलेसम्म यो अवसर हो भन्ने लागेको छ,' ईशानले भने, 'मैले एउटा खेल नेपाललाई जिताउन सके भने मेरो मेहनत सफल भएको लाग्छ । त्यसैले म राष्ट्रिय टिममा पर्दा मात्र मेरो सपना पुरा भएको जस्तो लाग्दैन । मेरो सपना भनेको नेपाललाई खेल जिताउनु हो ।'

आयोजक सिंगापुरसहित नेपाल र जिम्बावेबीच हुने सिरिजका लागि ईशानसंगै कुशल मल्लले पनि राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाउन सफल भएका छन् । उमेर समूह र घरेलु लिगमा आफुलाई प्रमाणित गरेका दुवैले राष्ट्रिय टिमको ढोका खोलेका हुन् ।

गत संस्करणको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका ईशानलाई नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा डाकिएको थियो । र, बन्द प्रशिक्षणमा राम्रो गरेकै कारणआफु टिममा परेको ईशान बताउछन् ।

'टिममा पर्छु भन्ने त आश लागेको थियो त्यसैले कडा मेहनत गरेको थिए । क्याम्पमा पनि राम्रो गरे र टिममा पर्न सफल भएको छु,' ईशानले भने ।

नेपाली राष्ट्रिय टिममा लामो समय देखिको समस्या भनेको ओपनिङ हो । त्यही ओपनिङको लागि ईशानले सिंगापुर भ्रमणमा मौका पाएका हुन् । यसपटक उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले सिंगापुर भ्रमण नगर्ने भएपछि ईशानले ओपनिङ गर्ने बलियो सम्भाबना रहेको छ ।

सिंगापुरमा ओपनिङ गर्नु परे ईशानलाई कठिन हुने छैनन् । ईशानलाई आफ्नो क्षमतामा विश्वास छ ।

'मैले क्रिकेट खेल्न सुरु गरे देखि ओपनिङ गर्दै आएको छु । त्यसैले मलाई त्यस्तो प्रेसर छ जस्तो लाग्दैन । मात्र कुरा केहो भने मैदान छिर्दा मैले मौकाको रुपमा लिन्छु कि दबाद त्यही कुरा मुख्य हो,' ईशान भन्छन् ।

यस्तै ईशान राष्टिय टिममा पर्नुको खेल जीवनको टर्निङ पोइण्ट नभएको समेत बताउछन् ।

'यसलाई म मेरो खेल जीवनको टर्निङ पोइण्ट मान्दिन, जुन दिन मैले नेपाललाई खेल जिताउछु त्यो दिन मेरो खेल जीवनको सफल टर्निङ पोइण्ट हुनेछ,' ईशानले भने ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । नेपालले जिम्वाबेसँग सेप्टेम्बर २७ मा खेल्दै सिरिजको सुरुवात गर्नेछ ।

यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
शानदार जित सहित नेपाल सेमिफाइनलमा
शानदार जित सहित नेपाल सेमिफाइनलमा
नेपालको ४२० रनको स्कोर !
नेपालको ४२० रनको स्कोर !
करन सहित ६ खेलाडी रिटेन
करन सहित ६ खेलाडी रिटेन
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने
न्युजिल्यान्डको टोलीमा एडम
न्युजिल्यान्डको टोलीमा एडम
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP