• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वन डे क्रिकेटको डेब्यु खेल खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
खेलपाटी संवाददाता
बुधबार, साउन २, २०७५ खेलपाटी संवाददाता
वन डे क्रिकेटको डेब्यु खेल खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार नेपाली टोलीलाई बिदाइ गरिएको हो ।

युरोप भ्रमणमा जाने १५ सदसिय खेलाडीसहितको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, क्रिकेट प्लेयर एसोसिएसन अफ नेपालका अध्यक्ष मनिस राज पाण्डे लगायतले बिदाइ गरे  । नेपाली टोली बिहिबार लण्डन प्रस्थान गर्नेछन् ।

नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।

नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो ।  नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।

त्रिकोणात्मक सिरिजअघि नेपालले ४ अभ्यास खेल खेल्नेछ । नेपालले जुलाई २१ मा ह्ग्ससंग ५० ओभरको खेल खेल्दा २३ जुलाईमा सेन्ट क्रससंग टी-ट्वान्टी खेल्ने छ । यस्तै जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसंग टी-ट्वान्टी खेल खेल्ने छ ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।

लन्डन जानुअघि कप्तान पारस खड्काले पहिलो एकदिवसीय क्रिकेट खेल्न उत्साहित रहेको बताए । 'विश्वकप छनोटपछि तीन महिना विश्राम भयो, तीन महिनापछि क्रिकेटमा फर्कदै छौं,' कप्तान पारसले भने, 'सबैको सपना थियो नेपालले एकदिवसीय खेलोस् त्यो पुरा हुँदैछ । हामी उत्साहित छौ । यो हाम्रो साधना थियो । हाम्रो लागि जिम्मेवारी थपिएको छ । हामीलाई चुनौती पनि छ ।'

यस्तै प्रशिक्षक जगत टमटाले आफुहरु राम्रो क्रिकेट खेल्दै जित निकाल्ने लक्ष्यसहित युरोप भ्रमणमा जान लागेको बताए । यस्तै उनले नेपाली क्रिकेटलाई सधै माया गरिरहन अनुरोध गरे ।

युरोप भ्रमणको लागि नेपालले मंगलबार नै पारसको कप्तानीमा ४ वैकल्पिकसहित १५ सदसीय टोलीको घोषणा गरिसकेको छ ।

युरोप जाने टोलीमा कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन्  ।

विकेटकिपर ब्याट्सम्यान सुबासले ३ बर्षपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन् । नेपाली टोलीको वैकल्पिक खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP