• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएम कपको पुरस्कारमा ठगिए क्रिकेटर
खेलपाटी संवाददाता
आइतबार, साउन १९, २०७६ खेलपाटी संवाददाता
पीएम कपको पुरस्कारमा ठगिए क्रिकेटर

काठमाडौं । प्रधानमन्त्रीको नाममा सञ्चालन हुदै आएको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलाडीको पुरस्कार राशीमा ठगी गरिएको छ ।

सरकारकै खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नीजि कम्पनी नेपालय ईन्टरनेश्नलले मिलेर खेलाडीको पुरस्कार राशीमा ठगी गरेका हुन् ।

सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल र विधागततर्फका उत्कृष्टलाई जनही ५० हजार दिने घोषणा सहित प्रतियोगिता सुरु गरिएको थियो । तर समापन समारोहमा सर्वोकृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका उत्कृष्टलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पुरस्कारमा आयोजकले बदमासी गरेको भन्दै खेलाडीले रकम लिन अस्विकार गरेका थिए ।

तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न एक करोड ७५ लाख रुपैयाँ लाग्ने बताईएको थियो । जसमा राखेपले ८० लाख र बाँकी रकम नेपालयले प्रायोजकको सहयोगमा उपलब्ध गराउने बताईएको थियो ।

प्रतियोगिताको पुरस्कारमा मात्र ५० लाख रुपैयाँ खर्च हुने दाबी गरिएको थियो । तर प्रतियोगिताको अन्तिममा दुवै पक्ष एक अर्कालाई दोष लगाउँदै पुरस्कार रकम दिन आनाकानी गरेका थिए ।

तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले ईभेन्ट कम्पनी नेपालयले घोषणा गरिएको पुरस्कार रकम उपलब्ध गराउने बताएका थिए । उनले नेपालयका अध्यक्ष सुवास प्रधानलाई राखेपमा बोलाएर घोषणा गरिएको मोटरसाईकल र नगद रकम उपलब्ध गराउने सम्झौता समेत गराएका थिए ।

सुवासले एक महिना भित्र घोषणा गरिएको रकम उपलब्ध गराउने बाचा गरेका थिए । लगत्तै अध्यक्ष प्रधान एक कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया निस्किएका थिए ।

तर अष्ट्रेलियाबाट फर्किएका अध्यक्ष प्रधानले कुरा समेत फेरेका छन् । उनले आफुले मोटरसाईकल र नगदको कुनै घोषणा नगरेको भन्दै झुट बोल्न थालेका छन् । यस बिषयमा प्रतिक्रिया दिन खोज्दा नेपालयका अध्यक्ष प्रधान खेलपाटीको सम्पर्कमा आउन चाहेनन् ।

सदस्य सचिव फेरिए, कुरा पनि फेरियो

तत्कालिन सदस्य सचिव विष्टले घोषणा गरिएको रकम सह आयोजक नेपालयबाट दिलाउने प्रतिबद्वता व्यक्त गरेका थिए । तर पछिल्लो एक महिनामा राखेपको सदस्यमा सचिवमा परिवर्तन भएसंगै कुरा समेत फेरिएको छ ।

नव नियुक्त सदस्य सचिव रमेश सिलवालले दुई पक्षबीचको सम्झौता हेर्दा सर्वोकृष्ट खेलाडीलाई ५० हजार र विधागततर्फका खेलाडीलाई ३० हजार रुपैयाँ दिने उल्लेख रहेको दाबी गरे ।

‘मैले सम्झौतामा के छ भन्ने हेर्ने हो । त्यो आधारमा कुरा गर्ने हो ।’ सिलवालले खेलपाटीसंग भने, ‘खेलाडीलाई समेत देखाएको छु । कागजमा बोलेको कुरा हो ।’

उनले सम्झौतामै सर्वोकृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ३० हजार दिने उल्लेख रहेको बताए ।

खेलाडीले बुझे रकम

घोषणा गरिएको पुरस्कार तत्काल पाउने छाँट नदेखिएपछि खेलाडीले भने आयोजकले दिएको रकम बुझेका छन् । सर्वोकृष्ट खेलाडी सहित उत्कृष्ट बलर बनेका ललित राजवंशीले ८० हजार र सर्वोकृष्ट ब्याट्सम्यान बनेका राजु रिजालले ३० हजार रुपैयाँ बुझेका छन् ।

‘असार मसान्त सम्म नलिए रकम फ्रिज हुने भनेर राखेपले भन्यो ।’ ललितले खेलपाटीसंग भने, ‘सदस्य सचिवले मोटरसाईकलका लागि हामी नि भन्छौ र तिमी नि भन भन्ने कुरा गर्नुभएको छ ।’

स्वार्थ केन्द्रित आयोजक

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) निलम्बन गरेपछि घरेलु क्रिकेटका प्रतियोगिता ठप्पै छन् । सोही अवस्थामा राखेपले पहल कदमी लिदै नीजि कम्पनीसंग मिलेर प्रतियोगिता आयोजना गर्न सुरु गरेको थियो ।

तर प्रधानमन्त्रीको नामको प्रतियोगिता नीजि कम्पनीलाई ठेक्का दिएपनि आयोजक कम्पनी नाफामा मात्र केन्द्रित देखिए । प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी लिएको नेपालयले पिच तयार नभएको अवस्थामा म्याटमै एक दिवसीय प्रतियोगिता खेलाएको थियो ।

क्रिकेटको बढ्दो लोकप्रियता र नीजि क्षेत्रको आकर्षणमा पीएम कप आयोजना गर्न धेरै नीजि कम्पनी ईच्छुक देखिएका थिए । त्यसमा राखेपले करिब करोड बराबरको रकम उपलब्ध गराउने भएपछि धेरैले प्रतियोगिता आयोजनामा ईच्छा देखाएका थिए ।

तर बिना प्रतिस्पर्धा राखेपले नेपायललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी दिएको थियो । राखेप नेतृत्व र कर्मचारीलाई प्रलोभनमा पारेर नेपालय ईन्टरनेश्नलले प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउने गरेको राखेपका कर्मचारीनै बताउँछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP