• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेष्ट च्याम्पियनसिप : ९ राष्ट्र, २७ सिरिज, १ च्याम्पियन !
खेलपाटी संवाददाता
बिहीबार, साउन १६, २०७६ खेलपाटी संवाददाता
टेष्ट च्याम्पियनसिप : ९ राष्ट्र, २७ सिरिज, १ च्याम्पियन !

एजेन्सी । २ बर्ष, ९ राष्ट्र, २७ सिरिज, ७२ टेष्ट खेल र एक विजेता ! यो हो-विश्व टेष्ट च्याम्पियनसिपको खेल तालिका ।

र, विश्व टेष्ट च्याम्पियनसिपको औपचारिक सुरुवात आजबाट हुँदैछ । जुन दुई बर्ष चल्नेछ ।

च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । एसेज टेष्ट सिरिज अन्तर्गतको पहिलो टेष्ट इंग्ल्याण्डको एज्बास्टनमा हुनेछ ।

के हो विश्व टेष्ट च्याम्पियनसिप ?

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत महिना विश्व टेष्ट च्याम्पियनसिपको औपचारिक घोषणा गरेको थियो ।

सन् २०१९ अगष्ट १ बाट सुरु हुने ९ राष्ट्रबीचको टेष्ट सिरिजलाई आईसीसीले यस प्रतियोगिताको नाम दिएको हो ।

यो च्याम्पियनसिपलाई एकदिवसीय विश्वकप, टी-ट्वान्टी विश्वकप जस्तै टेष्ट विश्वकपको रुपमा हेरिएको छ । सबै भन्दा पुरानो फर्म्याटको क्रिकेटलाई थप उचाइमा पुर्याउने आईसीसीले प्रतियोगितालाई नयाँ ढाँचा दिएको हो ।

यस च्याम्पियनसिपमा टेष्ट मान्यता प्राप्त ९ राष्ट्रले सहभागिता जनाउने छन् । जसमा अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज रहेका छन् ।

यी राष्ट्रबीच २ बर्षसम्म २७ सिरिजको ७१ टेष्ट खेल हुनेछ । ९ राष्ट्रले २७ सिरिजमा ३ खेल घरेलु र ३ खेल अवे खेल खेल्ने छन् ।

च्याम्पियनसिप अन्तर्गत सिरिजको हरेक खेल जित्ने र बराबरी खेल्ने टिमले अंक प्राप्त गर्ने छन् । र, अन्तिममा अंक तालिकाको शीर्ष दुई राष्ट्रले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल सन् २०२१ को जुनमा इंग्ल्याण्डमा हुनेछ ।

https://a4.espncdn.com/combiner/i?img=%2Fi%2Fcricket%2Fcricinfo%2F1196089_1400x1400.png&w=570&format=jpg

कसरी टिमको छनोट गरियो ?

सन् २०१९ अगष्ट १ को आईसीसी वरियतामा शीर्ष स्थानमा रहेका ९ टेष्ट राष्ट्रले सहभागिता जनाउने छन् ।

उक्त वरियता अनुसार अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इण्डिज छनोट भएका हुन् ।

कहाँ र कहिले खेलिन्छ ? यो च्याम्पियनसिप ?

यो च्याम्पियनसिप २ बर्षसम्म विभिन्न ९ राष्ट्रमा होम एण्ड अवेको आधारमा खेलिने छ । पहिलेको जस्तै २ राष्ट्रले सिरिज खेल्ने छन् र यस पटक फरक के छ भने खेलको विजेताले अंक प्राप्त गर्ने छन् ।

कसरी खेलिन्छ त च्याम्पियनसिप ?

हरेक टिमले च्याम्पियनसिप अन्तर्गत  ३ होम र ३ अवे खेल खेल्ने छन् । दुई राष्ट्रको आपसी समझदारीमा टिमले सिरिज तय गर्न सक्ने छन् । एक सिरिजमा २ देखि ५ खेलको सिरिज राख्न पाउने छन् । यस्तै टेष्ट दिनको वा दिन र रात दुवैको हुनेछ ।

विजेता र बराबरीमा कति अंक पाउने छन् ?

हरेक टिमले ६ सिरिज खेल्ने छन् जसको अंक भार १२० रहेको छ । र, खेलको अंक भने कति खेलको सिरिज हो भन्नेमा निर्भर हुनेछ ।

उदाहरणको लागि, २ खेलको सिरिज भए, विजेताले ६० अंक प्राप्त गर्नेछन् ।  यस्तै तीन खेलको सिरिज भए हरेक खेलको विजेताले ४० अंक प्राप्त गर्ने छन् ।

यदी खेल 'टाइ' भए दुवै टिमले ५० प्रतिशत अंक प्राप्त गर्ने छन् भने खेल 'ड्र' भएको अवस्थामा भने ३:१ को आधारमा अंक प्राप्त गर्नेछन् ।

https://a.espncdn.com/combiner/i?img=%2Fi%2Fcricket%2Fcricinfo%2F1195912_900x707.png&w=570&format=jpg

के २ बर्षसम्म हुने टेष्ट सिरिज च्याम्पियनसिप अन्तर्गत पर्छन् त ?

च्याम्पियनसिपमा सहभागी ९ राष्ट्रको टेष्ट मात्र च्याम्पियनसिपमा पर्नेछन् ।

टेष्ट मान्यता पाएका तर च्याम्पियनसिपमा नरहेका अफगानिस्तान, जिम्बाबे र आयरल्याण्डले पनि सिरिज खेल्न पाउने छन् । तर, उनीहरुसँगको खेलेको सिरिज भने च्याम्पियनसिप अन्तर्गतको हुने छैन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP