काठमाडौं । सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छिन् ।
महिलाको ६० केजी तौल समूहबाट सुमिना बुधबार छनोट भएकी हुन् ।
बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै आरडीएस क्लबकी सुमिना छनोट भएकी हुन् ।
नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ मंगलवारनै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को स्कोरमा हराउदै छनोट भएकी थिईन् ।
छनोटका अवसरमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ ।