काठमाडौं । बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिमका लागि शुक्रबार सम्झौता भएको छ ।
बागमती खेलकुद परिषदका सदस्य–सचिव सूर्यलाल भण्डारी र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार तालिममा प्राविधिक सहयोग नेपाल बक्सिङ संघको रहने छ भने बागमती खेलकुद परिषद्ले नेपाल बक्सिङ संघलाई तालिम सञ्चालनका लागि ६ लाख रुपैयाँ उपलब्ध गराउने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।
चैत २६ गतेदेखि काभ्रेमा सुरु हुने तालिममा ३० प्रशिक्षकको सहभागिता रहने छ । स्थानिय आयोजकमा काभ्रे जिल्ला खेलकुद विकास समिति रहेको छ ।