• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
बिकास र बिष्णुको विजयी सुरुवात
64x64
मगलवार, कार्तिक २७, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका बिकास श्रेष्ठ र नेपाल पुलिसका बिष्णु कटुवालले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

मंगलबार भएको खेलमा बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे ।

यस्तै एपिएफका सुनिल जोशी, सुदीप सेंढाई र साजन कृष्ण ताम्राकारले पनि पहिलो दिन जित निकाले । सुनिलले सूर्खेतका नरेन्द्र ठकुरीलाई २१–१२, २१–९ले, सुदीपले जेष्ट ब्याडमिन्टनका सुजन थापालाई २१–१३, २१–१७ तथा साजनले ललितपुरका मोहन गुरुङ्गलाई २१–१८, २१–११ ले पाखा लगाए ।

पहिलो चरणको जित निकाल्ने क्रममा पुलिसका निर विक्रम देवकोटाले बाँकेका ईरफान अन्सारीलाई २१–१३, २१–११ ले, सेनाका रुकेश महर्जनल जेष्टका अखिल श्रेष्ठलाई २१–१३, २१–१५, एपिएफका बिजित थापाले जेष्टका अर्जून तामाङ्गलाई २१–११, २१–५, पुलिसका जीवन आचार्यले जेष्टका प्रियान्सु सिंह क्षेत्रीलाई १२–२१, २१–९ र २१–११, सेनाका नविन श्रेष्ठले एपिएफका निराजन देवकोटालाई २१–१२, २१–१२, एपिएफका गौतम कठायतले पुलिसका पूर्ण थापालाई २१–८, २१–१६, सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका पविन लिनथेपलाई २१–६, २१–१९, पुलिसका दीपक बोहराले एपिएफका सुमन लिम्बुलाई २१–१४, १६–२१ र २१–१४ तथा सेनाका प्रफुल महर्जनले बाँकेका रियाज अन्सारीलाई २१–११, २१–१० ले पछाडी पार्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।

नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१७ पुरुष एकल तर्फको खेलमा दाङ्गका सुरज गुप्ता र कैलालीका जयबी साउदले जित निकाल्दै दोश्रो चरण प्रवेश गरे । सुरजले पाल्पाका सुमित कुमार घिमिरेलाई २१–१३, २७–२५ तथा साउदले आदर्श रावललाई २१–१५, २१–९ ले पराजित गरे ।

यस्तै दाङ्गका हिमांशु कुँवरले चितवनका निश्चल बस्नेतबाट वाक ओभर पाए । जित निकाल्ने क्रममा चितवनका अलिश थापाले कपिलवस्तुका रोहित बराललाई २१–१२, २१–१२को समान अन्तरमा, सुर्खेतका नरेन्द्र ठकुरीले सेनाका सहज शाक्यलाई २१–१४, २१–९, बाराका अनिश खतिवडाले कंचनपुरका संजीव भण्डारीलाई २१–१३, २१–१७, कंचनपुरका बिवेक चौधरीले मोरङ्गका जोन जसराजलाई २१–१०, २१–१६, कैलालीका अमृत चौधरीले धन्वन्तरीका सुदन तामाङ्गलाई २१–११, २१–७, नेपालगंजका सजल थापाले दाङ्गका सफिक ईद्रिसलाई २५–२३, २२–२०, चितवनका मनिष थापाले सुर्खेतका रोहित मल्ललाई २२–२०, १२–२१ र २१–१८, कंचनपुरका हिमाल चन्दले ईटहरीका सुदर्शन गुरुङ्गलाई २१–१९, २४–२२ तथा ते¥हथुमका क्षितीज के.सी.ले ललितपुरका अनमोल आचार्यलाई २१–१८, २१–१२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

महिला एकल तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी साफी खत्री र सेनाकी रञ्जना भट्टले जित निकाले । खत्रीले झापाकी अञ्जना राईलाई २२–२०, २१–१९ तथा भट्टले जेष्टकी स्मृती राईलाई २१–८, २०–२२ र २१–१५ ले जित निकाल्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

यस्तै पहिलो चरणमा जित निकाल्दै दोश्रो चरण प्रवेश गर्ने पुरुष युगलमा ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडी, रदीप महर्जन र भुवन श्रेष्ठको जोडी, श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडी, प्रदीप महर्जन र विकास महर्जनको जोडी तथा दौथ राई र गणेश गुरुङ्गको जोडी रहेका छन् । यसै गरि जेष्ट ब्याडमिन्टनका सुजन थापा र राम बानियाको जोडी तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीेले पनि दोश्रो चरणमा स्थान बनाए ।

प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु – १७ पुरुष÷ महिला तथा भेट्रान्स ४५ बर्ष माथीको प्रतिस्पर्धा हुने छ । पुरुष एकलमा ३०, महिला एकलमा १८, पुरुष युगलमा २३ जोडी, महिला युगलमा ८ जोडी, पुरुष यु–१७ मा २८, महिला यु–१७ मा १२ र भेट्रान्स तर्फ १५ जोडीले सहभागिता जनाएका छन् ।

पुरुष र महिला एकल तर्फ तीन शिर्ष स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै युगल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले २०, १० र ५ तथा यु–१७ तर्फका शिर्ष तीन स्थान हात पार्नेले १५, ७ र ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै भेट्रान्स तर्फका विजयी शिर्ष तीन स्थानका खेलाडीहरुले ट्रफी, मेडल, प्रमाण पत्रका साथै खेला सामाग्री प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
होराइजनको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP