• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
ब्याडमिन्टनमा नेपाललाई तीन कास्य पक्का 
64x64
बुधवार, मंसिर १८, २०७६ खेलपाटी संवाददाता

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।

नेपालका रत्नजित तामाङले बंगलादेशका सिग्बत उल्लाहलाई सोझो सेटमा पराजित गरे । उनले २१–१३ र २३–२१ को सेटमा खेल जिते ।

यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भुटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन् ।

मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भुटानका अनिष गुरुङ् र सम्झना गुरुङ्को जोडीले वाकओभर दिएपछि सोझै सेमीफाईनलमा पुगे ।

महिला डबल्स तर्फ नेपालका जेसिका गुरुङ् र रसिला महर्जनको जोडी श्रीलंकाका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भए ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धामी र रत्नजीत तामाङ्को जोडी भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भए ।

यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङ्को जोडी वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भए ।

पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरे भने, सोही ईभेण्टमा श्रीलंकाका दिनुका निसान परेराले भुटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरे । यसैगरी भारतका आर्यमान टण्डनले श्रीलंकाका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।

महिला सिंगलतर्फ श्रीलंकाकी दिल्मी दियासले वंगलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरिन् । सोही ईभेण्टमा श्रीलंकाका रत्नसिरि कपुरुले वंगलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरिन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित गरिन् । सोही ईभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरिन् ।

पुरुष डबल्सतर्फ श्रीलंकाका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरे । सोही ईभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलंकाका डि परेरा र एच चंकामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले वंगलादेशका बृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा पराजित गरे । सोही ईभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले वंगलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरे ।

श्रीलंकाका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरे ।

मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गर्दै सेमीफाईनको यात्रा तय गरेका छन् ।

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
युनाईटेड र चेल्सीको बराबरी
प्रादेशिक भलिबल रेफ्री कोर्स सम्पन्न
इन्टरको सहज जित
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP