बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिवलमा नेपाल पुलिस क्लबले एपीएफलाई पराजित गरेको छ । शनिबार भएको लिग चरणको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हराएको हो ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा एपीएफले पहिलो सेटमा अग्रता लिएको थियो ।
पहिलो सेट २५–२१ ले जितेको एपीएफले दोस्रो सेट ३१–२९ ले गुमाउन पुग्यो । तेस्रो सेट पुलिसले २५–१८ ले जित्दै खेलमा अग्रता कायम गरेको थियो । चौथो सेट एपीएफले २५–२३ ले जित्दै खेल निर्णायक सेटमा पु¥याउन सफल भयो । अन्तिम सेटमा पुलिसले १६–१४ को जित हात पार्दै विभागीय डर्बीमा एपीएफलाई हराएको हो ।
आजै भएको अन्य खेलमा प्रदेश एकले सुदुर प्रदेशलाई ३–१ को सेटमा हरायो । अर्को खेलमा कर्णालीले प्रदेश दुईलाई ३–२ को सेटमा पाखा लगायो ।
महिला स्पर्धामा प्रदेश तीनले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । पहिलो सेट २५–२० ले जितेको प्रदेश तीनले दोस्रो सेट २५–२१ र २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।