काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माको सफल शल्यक्रिया भएको छ ।
नेपाल भलिबल संघले अध्यक्ष शर्माको 'प्रोस्टेट ग्रन्थि' को शल्यक्रिया सफल भएको जनाएको छ ।
संघले अध्यक्ष शर्माको नयाँ दिल्लीस्थिति म्याक्स अस्पतालमा सफल शल्यक्रिया भएको रिएको जनाएको छ । अस्पतालका डाक्टर अनन्त कुमारको टिमले बिहीबार शर्माको शल्यक्रिया गरेको संघले जनाएको छ ।
यस्तै संघले अध्यक्ष शर्मा चाडै ठिक हुनेमा विश्वास व्यक्त गरेको छ ।