काठमाडौं । नेपाल अटो मोबाइलस एसोसियसन (नासा नेपाल)को बागमती प्रदेश अध्यक्षमा चितवनका राजन पिया चयन भएका छन् । चितवनको नारायणघाटमा सम्पन्न भेलाले पियाको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरेको हो । भेलामा बागमती प्रदेशका ७ जिल्लाका प्रतिनिधि सहभागी थिए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी तथा एफ आइ ए वल्र्ड काउन्सिलका सदस्य गोबिन्द भट्टराईको उपस्थितीमा सम्पन्न भोलाले प्रदेश संघको चयनसँगै वार्षिक कार्यक्रम अनुमोदन, सदस्यता वितरण तथा भरतपुर महागनरसँग सडक सुरक्षाका लागि सहकार्य लगायतको निर्णय गरेको छ ।
भेलाले काभ्रेका दिपेश श्रेष्ठ, चितवनका गोपाल भट्टराई, काठमाडौंका कुन्दन श्रेष्ठ, चितवनका यज्ञ पौडेल, धादिङ्गका इन्द्र त्रिपाठी, चितवनका जनक ढकाल, सिन्धुलीका गोबर्दन राज कोजु, मकवानपुरका रञ्जन श्रेष्ठ, चितवनका देबेन्द्र अधिकारी, दोलखाका नगरमान मानन्धर र चितवनका प्रसिद्ध रिजाललाई सदस्यमा चयन गरेको छ ।
यस्तै सडक सुरक्षाबाट इन्जिनियर पुरन सुबेदी तथा महिलामा सोमा श्रेष्ठ र सुनिता रेग्मी सदस्यमा चुनिए ।
मोटर र मोटरसाइक्लिङ्ग स्पोर्टस, अटो मोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशिल रहेन गरि डेढ दशक अघि स्थापित नासा नेपालले अहिले विभिन्न प्रदेशमा संघ गठन गरिरहेको नासा नेपालका अध्यक्ष दशरथ रिसालले जानकारी दिएका छन् ।