काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा पुननिर्माण भईरहेको भौतिक पूर्वाधार निर्माणमा रकम अभाव भए तत्काल उपलब्ध गराउने बताएका छन् ।
सागका लागि बन्दै गरेको पोखरा रंगशालाको बिहिबार निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङले पूर्वाधार निर्माणमा रकम अभाव भए क्याविनेट बैठक बसी तत्काल विनियोजन गर्ने बताए ।
‘साग सम्पन्न गर्न रकमको अभाव छ भने हामी तत्काल निर्णय गरि विनियोजित गर्छौ, यो गण्डकी प्रदेशको पनि गौरवको विषय हो,’ मुख्यमन्त्री गुरुङले भने ।
मुख्यमन्त्री गुरुङ सामाजिक विकास मन्त्री नरदेवि पुन, १३ औँ साग समितिका पदाधिकारी, खेलकुद पदाधिकारी लगायतको टोलीले रंगशालाको निरिक्षण गरेका थिए ।
सागलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्दै मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधीन पोखरा फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी, व्याटमिन्टन, वहुउदेश्यीय कभर्डहलको निरिक्षण गर्दै साग आायोजक समितिका पदाधिकारी समेतलाई भेटि रंगशालाको बारेमा जानकारी लिएका थिए ।