काठमाडौं । सैनिक आवसीय महाविद्यालय र साइपाल एकेडेमी प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सैनिकले आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेजलाई ५–० गोलले पराजित गर्यो । सैनिकका विश्रान्त बस्नेत ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्को सेमिफाइनलमा साइपालले लिटिल एन्जल्स (एलए) लाई २–१ गोलले हरायो । साइपालका सन्जिव लामा ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शनिबार हुने छ ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।