काठमाडौं । सैनिक आवसीय महाविद्यालय प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटर इन्टरनेसनल कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा सैनिकले क्याम्पियनलाई ६–० गोलअन्तरले पराजित गर्यो ।
त्यस्तै माइलस्टोनले डिएभीलाई टाइब्रेकरमा ५–४ तथा ब्राइट फ्युचरले गोल्डेनगेटलाई टाइब्रेकरमा ४–१ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।