काठमाडौं । आयोजक न्यु समिट र टेक्सस दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यु समिटले पाटन बहुमुखी क्याम्पसलाई ४७–१८ ले पराजित गर्यो । न्यु समिटका सुशान्त घिमिरेले १६ अंक जोडे । टेक्ससले निस्टलाई ४८–२३ ले हरायो । टेक्ससका मानाङ तामाङले २१ स्कोर गरे ।
अन्य क्वाटरफाइनलमा सगरमाथाले एसीएचएसलाई ४५–३२ तथा बर्नहार्टले एसएमटीलाई ५५–३५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
सगरमाथाका विश्वास कार्कीले १२ तथा बर्नहार्टका अभिनाश गैरेले १६ अंक जोडे । सेमिफाइनल न्यु समिट र टेक्सस तथा सगरमाथा र बर्नहार्टबीच हुनेछ ।