काठमाडौं । राजधानीमा क्रियाशिल रहेका खेलकुद पत्रकारलाई भलिबल खेलको तालिम प्रदान गरिएको छ ।
नेपाल भलिबल संघ र एनएसजेएफ एकेडेमीले मिलेर बिहिबार खेल पत्रकारलाई भलिबल खेलको तालिम प्रदान गरेका हुन् ।
भलिबलका अन्तराष्ट्रिय रेफ्री गौतम लासिवाले भलिबल खेलको समग्र जानकारी सहित प्राविधिक पक्षबारे पत्रकारलाई प्रशिक्षण दिएका थिए ।
खेलकुद पत्रकारलाई प्राविधिक ज्ञान, अनुसन्धान र मेन्टरसिपमा विकास गर्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्चले बुधबारमात्रै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको थियो ।
तालिमको सुरुवातमा एनएसजेएफका अध्यक्ष देबेन्द्र सुबेदीले सहकार्यका लागि नेपाल भलिबल संघ परिवारलाई धन्यवाद दिएका थिए ।
संघकी उपाध्यक्ष निरोज मास्केले पत्रकारमा प्राविधिक ज्ञानको विकास गर्न सकेमात्र सम्बन्धित खेलको विकासमा टेवा पुग्ने धारणा राखेकी थिईन् ।
तालिममा एनएसजेएफका करिब ४० सदस्य सहभागी रहेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चले विभिन्न खेलकुद संघसंग मिलेर पत्रकारलाई प्राविधिक र अनुसन्धानत्मक रिपोर्टिङको प्रशिक्षण गराउने कामको सुरुवात गरेको छ ।