काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका नेपालस्थित समर्थकको समूह ‘एफसी बार्सिलोना फ्यान क्लब अफ नेपाल’ ले स्वयम्भू क्षेत्रको सरसफाइ गरेको छ ।
बार्सिलोना समर्थक समूहले विश्व सम्पदा सुचिमा रहेको स्वयम्भु क्षेत्रको सरसफाइ गर्दै आफ्नो दोस्रो वार्षिकोत्सव मनाएका छन् ।
फ्यान क्लबले हाम्रो काठमाडौं, राम्रो काठमाडौं नाराका साथ स्वयम्भू क्षेत्रमा सरसफाइ गरेको हो ।
समूहका एडमिन कविराज श्रेष्ठले सरसफाइका साथै अन्य सामाजिक कार्यमा पनि समर्थकको समूह सक्रिय हुने बताएका छन् ।