काठमाडौं । मनोज लामाले प्रथम चामुन्डा अल नेपाल स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् । मनोजले सुरज थापा मगरलई ३–२ को फ्रेममा पराजित गरे ।
अन्य खेलमा सुशील थापा, राजन गुरुङ, क्षितिज घिमिरे, दुर्गेश गुरुङ सूर्यबहादुर सुनुवार, सन्जिद महर्जन र रविन्द्र विष्टले सफलता पाए ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
सेन्चुरी ब्रेककर्तालाई ५० हजार, सर्वाधिक ब्रेककर्तालाई ३० हजार र उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।