धनगढी । दिपेन्द्र शर्माले धनगढीमा सम्पन्न रोयल स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् ।
धनगढीको सब्जीमण्डीमा रहेको रोयल स्नुकरको आयोजनामा भएको प्रतियोगितामा ओम भट्टलाई १५ अंकले हराउँदै शर्माले उपाधि जितेका हुन् । उपाधिसँगै शर्माले नगद १५ हजार सहित मेडल प्राप्त गरे ।
उपविजेता भएका भट्टले नगद १० हजार प्राप्त गरे ।
प्रतियोगितामा धनगढी आसपासका खेलाडीहरुले सहभागीता जनाएका थिए ।