पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको मृत्यु हुने गरि भएको दुर्घटनाप्रति दुख ब्यक्त गरेका छन् ।
आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडी सहितको प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियो ।
उक्त घटनाप्रति एक बिज्ञप्ति निकाल्दै मन्त्री र सदस्य सचिवले दुख ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।