चन्द्र लक्ष्य ।
काठमाडाै । साफ च्याम्पियनसिप हेर्नको मज्जा जति सन् २०१४ देखि १६ सम्ममा थियाे, त्याे अहिले छैन । हार जित अाफ्नाे ठाउँमा हुन्छ । तर त्याे समय नेपालकाे खेल साच्चिकै हेर्न लायक हुने गरेकाे थियाे ।
खेलाडी कस्ता थिए, काे थिए भन्ने बिषय बहषकाे फरक पाटाे हुन सक्छ । तर फिफाका तत्कालिन अध्यक्ष सेप ब्लाटरले नेपाली टिमलाइ मेस्सीबिनाकाे बार्सिलाेनाकाे नाम दिएका थिए ।
अहिले कहि कत्तैपनि राष्ट्रिय टिमको खेल हेर्न लायकको छैन । खेलाडीमा जितकाे भाेग नदेखिनु साह्रै दुखद हाे ।
लिग नभएपनि नेपाली फुटबल ठप्प पक्कै थिएन । त्याे हामीले भुल्न हुदैन ।
पाकिस्तान अन्तर्राष्ट्रिय प्रतिबन्धबाट भर्खरै फुकुवा भएकाे टिम हाे । तर उसमा जितकाे भाेक प्रष्ट देखिन्थ्याे ।
चाहे मैदानमा लडेर होस वा राएर अरु भनाै नाटकै रचेर ।
खेलमा जित महत्वपुर्ण हाे । त्याे पाकिस्तानले अात्मसाथ गरेकाे छ ।
पाकिस्तानसग नेपालकाे याे लगातार दाेस्राे हार हाे । यसअघि नेपाल एशियन गेम्समा पाकिस्तानसग हारेकाे थियाे । साेही गाेल अन्तरमा साफमा पराजित हुन पुगेकाे छ ।