• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
umbro
खेलाडीको बयान – निस्केका हैनौं, निकालिएका हौं
खेलपाटी संवाददाता
शनिबार, वैशाख ३१, २०७९ खेलपाटी संवाददाता
खेलाडीको बयान – निस्केका हैनौं, निकालिएका हौं

काठमाडौं । प्रशिक्षक–खेलाडी विवाद छानविका लागि एन्फाले गठन गरेको समितिले घटनामा सम्बन्धित व्यक्तिसँग बयान लिएको छ । 

एन्फा कार्यसमिति बैठकको निर्णय अनुसार भिक्टोर राणाको संयोजकत्वमा गठन भएको समितिले विवादको केन्द्रमा देखिएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र असन्तुष्ट खेलाडीसँग बयान लिएर सकेको छ ।

एसिया कप छनोटको तयारीको क्रममा प्रशिक्षक र खेलाडीबीच बन्द प्रशिक्षणका लागि बस्ने-खाने प्रबन्धलाई लिएर विवाद सिर्जना भएको थियो । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएपछि घटना बाहिर आएको थियो ।

घटनाको छानविनका लागि एन्फाले नेपाल आर्मीका पूर्व उच्च पदाधिकारी भिक्टोर राणाको नेतृत्वमा पूर्व खेलाडी बिदुर विष्ट र दिपक थापालाई समावेश गरेर तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा दिईएको छ । 

समितिले विवादमा मुछिएका प्रशिक्षक अलमुताइरी र असन्तुष्ट खेलाडीसँग प्रारम्भिक बयान लिएर छ । छानबिन समितिसँगको बयानमा खेलाडीले आफुहरु निस्किएको नभएर प्रशिक्षकबाट निकालिएको दाबी गरेका छन् । 

‘खेलाडीहरु आफुखुसी निस्किएको जसरी बाहिर प्रचार गरिएको छ, त्यसो हैन । प्रशिक्षकले पटक पटक निस्किएर जानका लागि अपशब्द प्रयोग गरेपछि हामीहरु निस्किएका हौं ।’ खेलाडीले छानबिन समिति समक्ष भनेका छन् । 
असन्तुष्ट खेलाडीहरुले आफुहरुले कुनैपनि खेलाडीलाई बन्द प्रशिक्षणमा फर्काउनुपर्छ भनेर माग नराखेको तर बस्ने÷खाने राम्रो प्रबन्ध हुनुपर्छ भन्ने माग सबै खेलाडीको भएको कुरा प्रशिक्षकसँग राखेको बताएका छन् । सोही कारण प्रशिक्षकले आफुहरुलाई अपशब्द प्रयोग गरेर बन्द प्रशिक्षण छाडेर जान पटक पटक सुचित गरेको खेलाडीको बयान छ । 

राष्ट्रिय फुटबल टिमका उपकप्तान रोहित चन्दले बन्द प्रशिक्षणको क्रममा खान-बस्नको राम्रो प्रबन्धका लागि प्रशिक्षकसँग आग्रह गरेका थिए । उनले होटलमा राखेर प्रशिक्षण अघि बढाउदा खेलाडीलाई सहज हुने धारणा राखेका थिए । तर होटलमा बस्न÷खानको माग गर्ने उपकप्तान चन्दलाई प्रशिक्षक अलमुताइरीले सुरुवातमा राष्ट्रिय टिमबाट निकालेका थिए ।  

‘राष्ट्रिय टिममा खेल्न पाउनुपर्छ भन्ने हाम्रो माग हैन । तर घटनामा हाम्रो दोष छैन । त्यसैका लागि छानविनको माग गरेका हौं ।’ एक खेलाडीले बयानका क्रममा भने । 

छानबिन समितिसँगको बयानमा खेलाडीहरुले राष्ट्रिय टिमका रहदाँ प्रशिक्षकले आफुहरुलाई मानसिक रुपमा यातना दिने गरेको बताएका छन् । उनीहरुले अब अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टिमबाट खेल्न गाह्रो हुने बयान सिनियर १० खेलाडीले दिएका छन् । 

छानविनका क्रममा सिनियर खेलाडीसँग प्रशिक्षक अलमुताईरीको नोक–झोक धेरै पटक परेको देखिन्छ । थाईल्याण्डमा मैत्रीपूर्ण फुटबल खेल्ने क्रममा पहिलो खेलपछि दुई दिन मध्यरातसम्म प्रशिक्षक बाहिर गायब भएको विषयमा कप्तान लगायत सिनियर खेलाडीले असन्तुष्टि जनाएका थिए । 

दुई दिन बिना अभ्यास नेपाली टिम दोस्रो मैत्रीपूर्ण खेलमा मैदान उत्रिएको थियो । प्रशिक्षक र ब्यवस्थापकको लापरबाहीप्रति कप्तान सहित सिनियर खेलाडीले थाईल्याण्डमै ठुलो असन्तुष्टि जनाएका थिए । सोही कारण प्रशिक्षक, ब्यवस्थापक तथा सिनियर खेलाडीबीच दुरी बढेको छानबिनको क्रममा देखिएको छ । 

छानबिन समितिले खेलाडी र प्रशिक्षकसँग बयान लिएर सकेको छ । अफिसियर र एन्फा पदाधिकारीसँग शनिबार बयान लिनेछ । छानबिनका क्रममा छुटेका केही खेलाडीसँग समेत बयान लिन बाँकी रहेको समितिका एक सदस्यले खेलपाटीलाई बताएका छन् । 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तिम हुन सक्छ, अलमुताईरीको कुवेत यात्रा
अन्तिम हुन सक्छ, अलमुताईरीको कुवेत यात्रा
बल्ल बोले इन्द्रमान
बल्ल बोले इन्द्रमान
कुशल नेतृत्वको पर्खाईमा भलिबल 
कुशल नेतृत्वको पर्खाईमा भलिबल 
आफ्नै चक्रव्युहमा अलमुताईरी 
आफ्नै चक्रव्युहमा अलमुताईरी 
प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत
प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत
अलमुताईरी अर्थात विवादका पर्याय
अलमुताईरी अर्थात विवादका पर्याय
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
रियललाई हराउन लिभरपुल दबाबमा
रियललाई हराउन लिभरपुल दबाबमा
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP