काठमाडौं । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि करातेको प्रारम्भिक चरणको छनोट सकिएको छ ।
छनोट अन्तर्गत शनिबार पुरुष ५५–६० केजीमा एपीएफका विजय श्रेष्ठ पहिलो, प्रहरीका सोनाम लामा दोश्रो तथा प्रहरीकै साजन मोक्तान र प्रदेश १ का सन्तोष राईले तेश्रो स्थान हासिल गरे ।
६७–७५ केजीमा प्रहरीका नवीन रसाइली पहिलो, प्रहरीकै गंगाराम कुश्वाहा दोश्रो तथा गण्डकी प्रदेशका प्रतिक घर्ती मगर र प्रदेश १ का ईश्वर राई तेश्रो भए ।
महिला ४६–५० केजीमा प्रहरीकी सविना श्रेष्ठ प्रथम, आर्मीकी कुसुम खड्का द्वितीय तथा मधेश प्रदेशकी पोर्सिया चौधरी र आर्मीकी मिस्लि श्रेष्ठ तेश्रो स्थानमा रहे ।
५५–६१ केजीमा प्रहरीकी सोनी राई पहिलो, एपीएफकी एस्टर राई दोश्रो तथा प्रहरीकी अर्मिला डिसी र बाग्मती प्रदेशकी रोजिता ढुंगेल तेश्रो भए ।
६८ केजीमुनि÷६८ केजीमाथिमा आर्मीकी सनी तामाङ, प्रहरीकी सुनिता महर्जन तथा बाग्मतीकी विनिता श्रेष्ठ र एपीएफकी अनुपमा मगर क्रमशः शीर्ष तीन स्थानमा रहे ।
शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।
बाँकी ३ स्पर्धाको टुंगो शुक्रबार लागिसकेको छ ।