काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले अहिले इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलमा नेपालविरुद्ध इन्डोनेसियाले १-० गोलको अग्रता बनाएको छ ।
खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई अग्रता दिलाएका हुन् ।