काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले अहिले आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेल पहिलो हाफ सकिदा घरेलु टोलीले नेपालविरुद्ध २-० को अग्रता बनाएको छ ।
खेलको ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।
यस अघि खेलको २८ औं मिनेटमा फाहद अल्रेशिदीले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए।
प्रतियोगितामा आज नेपाल पहिलो जितको खोजीमा रहेको छ ।
बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।