काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । फ्रेन्ड्सविरुद्ध मैदान उत्रदा संकटा पहिलो जितको खोजीमा हुनेछ।
फ्रेन्ड्स पनि पहिलो जितको लक्ष्यसहित मैदान उत्रनेछ । पहिलो खेलमा फ्रेन्ड्सले गोलरहित बराबरी खेलेको थियो ।