काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि अहिले काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले अग्रता बनाएको छ ।
खेलको २१ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
जारी लिगमा उनको यो आठौं गोल हो ।