काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा अहिले काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले ३-० को अग्रता बनाएको छ ।
खेलको ६० औं मिनेटमा स्टेफेन बिनोङले गोल गर्दै काठमाडौंलाई ३-० को अग्रता दिलाएका हुन् ।
यस अघि १५ औं मिनेटमा मेसौके ओलोमोउले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।
यस्तै खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि धनगढी एफसीसँग खेल्नेछ ।