काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा अहिले काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले २-० अग्रता बनाएको छ ।
खेलको २२ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका हुन् ।
यस अघि १५ औं मिनेटमा मेसौके ओलोमोउले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए ।