काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा अहिले काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा काठमाडौंले अग्रता बनाएको छ ।
खेलको १५ औं मिनेटमा मेसौके ओलोमोउले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका हुन् ।