काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटर मा अहिले ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ललितपुरले सुरुवाती अग्रता बनाएको छ ।
खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका हुन् ।