एजेन्सी । सुरेश रैनाको अर्धशतकमा इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नेईले दिल्ली क्यापिटल्स समक्ष ठुलो लक्ष्य प्रस्तुत गरेको छ ।
रैनाको ५४ रनको सहयोगमा चेन्नेईले दिल्ली समक्ष १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
रैनाको अर्धशतकिय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेले ।
ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको चेन्नेईका लागि मोइन अलीले ३६, आम्बाती रायडुले २३ र रविन्द्र जडेजाले २६ रनको अविजित पाली खेले ।
पुछारमा आएका कुरानले १५ बलमा ३४ रनको बिस्फोटक पाली खेले । उनले २ छक्का र ४ चौकाको मदतले सो रन बनाए । ओपनर फाफ डु प्लेसिसले शुन्य रनमा पेविलियन फर्कदा रुतुराज गाइवाड ५ रनमा आउट भएका थिए ।
दिल्लीका क्रिस वाक्स र अभेष खानले समान २ र रविचन्द्रन आश्विन र टोम कुरानले समान एक विकेट लिए ।