पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिसविरुद्ध अफ्रिकन रुटले १-० को अग्रता बनाएको छ ।
खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका हुन् ।
आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ ।
आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो ।
यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो ।
यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।
संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।