काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पुल्चोक ६ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।
पुल्चोक पहिलो जितको खोजीमा हुनेछ ।
श्री भगवती ६ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।