एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा दिल्ली क्यापिटल्सले जितका लागि मुम्बई इण्डियन्सलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले ।
श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।
यस्तै दिल्लीका शिखर द्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस सुन्य रनमा आउट भए ।
अक्षर पटेलले ९ , शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।
मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरले २ तथा जयन्त यादबले १ विकेट लिए ।
आज मुम्बई र दिल्ली जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ ।
दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ ।
दिल्लीको इतिहास भने मुम्बईको ठिक विपरित रहेको छ ।
दिल्लीले आईपीएलको उपाधि जित्न सकेको छैन । दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल समेत पुगेको हो ।
त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ ।