एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले चेन्नईलाई जितका लागि १ सय ६३ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो ।
मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए ।
केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२,सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए ।
चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । यस्तै साम करण र पियुस चावालाले १/१ विकेट लिए ।