एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा चेन्नईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । चेन्नईले बलिङ रोजेपछि मुम्बईले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पनि सुखद सुरुवात गर्न चाहन्छ ।
दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।
पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ ।
गत सिजनको फाइनलमा समेत मुम्बईले चेन्नईलाई हराएको थियो ।
रोमान्चक बनेको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।